सगरमाथा आरोहण क्रम जारी ,कामी रिता शेर्पाद्वारा २२ पटक आरोहण गरी विश्व कीर्तिमान

सगरमाथा आरोहण क्रम जारी ,कामी रिता शेर्पाद्वारा २२ पटक आरोहण गरी विश्व कीर्तिमान
नेपालटुरन्यूज संवाददाता —

काठमाडौँ – यस वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण क्रम शुरु भएको चौथो दिन आज कामी रिता शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् /

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पर्वतारोहीको संख्या अव २७७ पुगेको छ /

सगरमाथा आधार शिविरस्थित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार , जेठ २ मा मौसम उपयुक्त भएकोले ४१ विदेशी र ५३ नेपाली सहित ९४ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए / यस अघि पहिलो दिन आठ तथा सोमवार ४० आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए /

यस्तै जेठ ४ शुक्रवार ६५ आरोही तथा जेठ ५ शनिवार ३६ आरोहीले सगरमाथाको सफल आरोहण गरे /

यस पल्ट दुवै खुट्टा गुमाएका चीनका ६९ वर्षीय आरोही सिया बोयुले पाँचौ प्रयासमा सगरमाथाको सफल आरोहण गरे /

पासाङल्हामु गाउँपालिका– ५, थामे सोलुखुम्बुका ४८ वर्षिय कामिरिता शेर्पाले बुधबार बिहान सगरमाथा चुचुरोमा पाइला टेकेर यसअघि २१ पटक सगरमाथा शिखरमा पुग्ने आप्पा शेर्पाको विश्व कीर्तिमानी तोडेका छन् ।

हाल अमेरिकामा बसोबास गरेका आप्पा शेर्पापछि खुम्जुङका फुर्वाटासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरेका थिए /

यस वर्षको वसन्त ऋतुमा ३८ टोलीका कुल ३४६ आरोहरुले ८,८४८ मिटर उच्च सगरमाथा आरोहणको अनुमति प्राप्त गरेका छन् / सगरमाथा आरोहणको क्रम यसै मे महिनाको अन्त्यसम्म जारी रहनेछ /

जेठ ६ , २०७५

तस्विर : कमिरिता शेर्पा

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *