नाट्टा द्वारा बजेटको स्वागत – पर्यटन क्षेत्रमा सुखद भविष्यको संकेत

नाट्टा द्वारा बजेटको स्वागत – पर्यटन क्षेत्रमा सुखद भविष्यको संकेत

नेपाल टुर न्यूज —

काठमाडौं : नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपाल सरकारद्वारा आगामी आर्थिक बर्ष २०७५÷७६ को लागि प्रस्तुत बजेट पर्यटन क्षेत्रका लागि सकारात्मक भन्दै स्वागत गरेको छ /

आगामी पाँच बर्षमा आठ प्रतिशतको आर्थिक बृद्धि दर र आगामी आर्थिक वर्षमा थप ५ लाख व्यक्ति रोजगारीमा आवद्ध हुने लक्ष सहित निजी क्षेत्र विशेषत: पर्यटन क्षेत्रमा आगामी आ.व. मा प्रदेश र स्थानीय तहसंगको साझेदारीमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि मुलुकभर कम्तिमा १०० वटा नयां पर्यटकीय गन्तव्य स्थलको पहिचान गरी विकास तथा प्रवद्र्धन गर्न बजेट छुट्याइनु सराहनीय रहेको नाट्टाले जनाएको छ /

‘हालको पर्यटनलाई बाह्रैमास चलयमान बनाउन भारत र चीन लक्षित पर्यटक प्रवर्धन गतिविधि अघि बढाइने जस्ता कार्यक्रमहरु सकारात्मक रहेका छन्’/

यस्तै पर्यटकीय सेवाको लागि आवश्यकीय पूर्वाधार निर्माण, नेपाललाई माइस टूरिजम केन्द्रको रुपमा विकास गर्न आवश्यक पूर्वाधारको विकास, पर्यटन विश्वविद्यालयको स्थापना, अन्तराष्ट्रिय बजारमा नेपाली पर्यटनको प्रचार–प्रसार र बजारीकरण गर्न विदेशस्थित नियोगहरुको परिचालन लगायत सन् २०२० सम्ममा २० लाख अन्तराष्ट्रिय पर्यटक भित्र्याउने गरी भिजिट नेपाल २०२० अभियान संचालन गर्ने जस्ता कार्यक्रमहरुको कार्यन्वयन पर्यटन क्षेत्रका लागि सुखद भविष्यको संकेत हुन सक्ने नाट्टाले उल्लेख गरेको छ /

प्रस्तुत बजेटले पहिलो पटक पर्यटन क्षेत्रलाई बजेट मार्पmत प्राथमिकतामा राख्नुका साथै पर्यटन तथा हवाई पूर्वाधारकालागि क्रमश: ५ अर्ब २० करोड ३४ लाख र १९ अर्ब ३५ करोड रकम बिनियोजन गरेको छ ।

यस्तै नेपाल वायु सेवा निगमको सबलीकरण, निर्माणाधिन बैकल्पिक अन्तराष्ट्रिय विमानस्थलहरुको समयमै समापन, क्षेत्रीय विमानस्थलहरुको स्तरोन्नति र बैकल्पिक आन्तरिक विमानस्थलको निर्माण एंव कतिपय सडक संजाल भित्र जोडिनु पर्ने पर्यटक गन्तव्य स्थलहरुको समयानुकुल निर्माण र विकास जस्ता पूर्वाधारहरु पर्यटन क्षेत्रका लागि चुनौती रहेको सन्दर्भमा यी सबै अवरोध र समस्याहरुको क्रमश: निराकरण गर्दै मुलुकको समग्र विकास र निर्माणमा निजी क्षेत्रसंग सहकार्य र साझेदारी गर्नुको अर्को विकल्प सरकारसंग नभएको ठहर नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को रहेको छ ।

जेठ १९ , २०७५

तस्विर : पाटन दरवार क्षेत्रमा पर्यटकहरु/ नेपाल टुर न्यूज

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *