नेपाल भ्रमण समाचार

सगरमाथा आरोहण क्रम जारी ,कामी रिता शेर्पाद्वारा २२ पटक आरोहण गरी विश्व कीर्तिमान

सगरमाथा आरोहण क्रम जारी ,कामी रिता शेर्पाद्वारा २२ पटक आरोहण गरी विश्व कीर्तिमान
नेपालटुरन्यूज संवाददाता —

काठमाडौँ – यस वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण क्रम शुरु भएको चौथो दिन आज कामी रिता शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् /

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पर्वतारोहीको संख्या अव २७७ पुगेको छ /

सगरमाथा आधार शिविरस्थित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार , जेठ २ मा मौसम उपयुक्त भएकोले ४१ विदेशी र ५३ नेपाली सहित ९४ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए / यस अघि पहिलो दिन आठ तथा सोमवार ४० आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए /

यस्तै जेठ ४ शुक्रवार ६५ आरोही तथा जेठ ५ शनिवार ३६ आरोहीले सगरमाथाको सफल आरोहण गरे /

यस पल्ट दुवै खुट्टा गुमाएका चीनका ६९ वर्षीय आरोही सिया बोयुले पाँचौ प्रयासमा सगरमाथाको सफल आरोहण गरे /

पासाङल्हामु गाउँपालिका– ५, थामे सोलुखुम्बुका ४८ वर्षिय कामिरिता शेर्पाले बुधबार बिहान सगरमाथा चुचुरोमा पाइला टेकेर यसअघि २१ पटक सगरमाथा शिखरमा पुग्ने आप्पा शेर्पाको विश्व कीर्तिमानी तोडेका छन् ।

हाल अमेरिकामा बसोबास गरेका आप्पा शेर्पापछि खुम्जुङका फुर्वाटासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरेका थिए /

यस वर्षको वसन्त ऋतुमा ३८ टोलीका कुल ३४६ आरोहरुले ८,८४८ मिटर उच्च सगरमाथा आरोहणको अनुमति प्राप्त गरेका छन् / सगरमाथा आरोहणको क्रम यसै मे महिनाको अन्त्यसम्म जारी रहनेछ /

जेठ ६ , २०७५

तस्विर : कमिरिता शेर्पा