‘ग्वान्चाउ ईन्टरनेशनल टुरिज्म एक्जिविसन ‘मा नेपाल सम्मानित

ग्वान्चाउ ईन्टरनेशनल टुरिज्म एक्जिविसन ‘मा नेपाल सम्मानित

नेपाल टुर न्यूज —

काठमाण्डौ / चीनको ग्वान्चाउमा हालै सम्पन्न ‘ ग्वान्चाउ ईन्टरनेशनल टुरिज्म एक्जिविसन ‘ मा नेपालले ‘ मस्ट पपुलर टुरिस्ट डेस्टिनेशन ‘ को सम्मान पाएको छ /

मकाउ र हंगकंग नजिक रहेको ग्वान्चाउमा आयोजित कार्यक्रममा स्थानीय पर्यटन ब्यवसायी तथा जनताले नेपालका सम्वन्धमा निकै जिज्ञाशा राखेका थिए /

नेपाल पर्यटन बोर्डको सयोजकत्वमा ‘ ग्वान्चाउ ईन्टरनेशनल टुरिज्म एक्जिविसन ‘ मा नेपालका विभिन्न पाँच कम्पनी – एडभेन्चर आउटडोर , क्रियटिभ एडभेन्चर नेपाल , पिस एण्ड ज्वाय टुर एण्ड वेल,सिम्रिक एअर तथा अनलिशनेपाल ईन्टरनेशनलको सहभागिता थियो /

नेपालको ग्वान्चाउसंग सिधा हवाई सम्पर्क रहेकोले चिनिया पर्यटकको आवागमन वर्षेनी बढ्दै गएको छ/

सन् २०१७ मा करिव १३ करोड चिनिया पर्यटकले विश्वका बिभिन्न रास्ट्रको भ्रमण गरेकोमा एक लाख चार हजार चिनिया पर्यटकले नेपालको भ्रमण गरेका थिए /

नेपाल आउने चिनिया पर्यटकहरुले काठमाण्डौ उपत्यकाका अतिरिक्त पोखरा , चितवन र लुम्विनीको भ्रमण गर्ने गर्दछन् /

२०७४

तस्विर : नेपाल पर्यटन बोर्ड

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *