पर्यटन क्षेत्रको विकासका लागि “ नाट्टा “ के भन्छ ?

पर्यटन क्षेत्रको विकासका लागि “ नाट्टा “ के भन्छ ?

नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ( नाट्टा ) द्वारा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री समक्ष प्रस्तुत गरिएका तत्काल तथा दीर्घकालीन रुपमा गरिनु पर्ने कार्यहरुको सुझाव –

१.राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता – पूर्वाधार सहितको साहसिक पर्यटन, ग्रामीण पर्यटन, पर्यावरणीय पर्यटन लगाएत सीमित पर्यटन उद्योगहरुलाई मात्र औद्योगिक व्यवसाय ऐन २०७३ ले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिएको हुंदा यी बाहेक अन्य पर्यटन उद्योगहरुले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग सरहको सेवा सुविधा नपाउने भएकाले सबै पर्यटन उद्योगहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिइनु पर्दछ ।

२.अत्यावश्यक सेवा संचालनको मान्यता – पर्यटन उद्योगलाई अत्यावश्यक सेवा संचालन ऐन अन्तर्गत राखी अन्य आकस्मिक सेवाहरु सरह सुविधा प्रदान गरी बन्द, हडताल र चक्का जामको स्थितिमा पनि पर्यटक बोकेका सवारीहरु निर्वाध रुपले संचालन गर्न गराउन पाउने व्यवस्था कडाईका साथ लागू गरिनु पर्दछ ।

३.त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल –

क.हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई ट्राफिकको चाप ज्यादै बढी भई अवतरणका लागि आएका हवाई जहाजहरु आकाशमै होल्ड गर्नुपर्ने अवस्था छ भने उडान ( टेक अफ ) गर्नुपर्ने जहाजहरु समयमा उडान गर्न नपाइरहेको अवस्थालाई न्यूनिकरण गर्न त्रिभुवन अंतराष्ट्रिय विमानस्थललाई २४ घण्टा खुल्ला गर्ने व्यवस्था गरिनु पर्छ /

ख.त्रिभुवन अंतराष्ट्रिय विमानस्थलको भौतिक संरचनाहरुको (पार्किङ्ग, ट्रली, शौचालय, टेलिफोन, नियमित सरसफाई आदि) सुधार र सुदृढीकरण अत्यन्तै आवश्यक छ । त्रि.अ.वि सेवा प्रदायक संस्था हुनुका साथै व्यवसायीक संस्था पनि भएकाले यसले आप्नो सेवा स्तरलाई बढाउदै बजार बिस्तारमा पनि ध्यान दिनु पर्दछ । त्रि.अ.वि पर्यटकका निम्ति पहिलो प्रवेशद्वार भएकोले मुलुक’boutको पहिलो प्रभाव हवाई यात्रुले विमानस्थलमा अवतरण गर्ना साथ बनाउछ । तसर्थ विमानस्थल भित्र उपलब्ध गराइनु पर्ने सेवाहरुलाई सुविधामूलक, छिटो छरितो, सरल र सहज तुल्याउन पर्यटन मन्त्रालय तथा संबंधित निकायले ध्यान दिन अत्यन्त जरुरी छ ।

४. बैकल्पिक अंतराष्ट्रिय विमानस्थल –

क.पर्यटन क्षेत्रलाई अझ सबल बनाउन दोश्रो अंतराष्ट्रिय विमानस्थल निर्माणको आवश्यकता ज्यादै टड्कारो रुपमा देखिएकाले बाराको निजगढ विमनस्थलको निर्माण कार्य तदारुकतासाथ सम्पन्न गरि संचालनमा ल्याउने व्यवस्था मिलाइनु पर्छ /

ख.निर्माणाधिन पोखरा र भैरहवा विमानस्थललाई पनि बैकल्पिक अंतराष्ट्रिय विमानस्थलका रुपमा यथाशिघ्र निर्माण सम्पन्न गरिनु पर्छ /

ग.विराटनगर तथा धनगढी विमानस्थलहरुको स्तरोन्नति गरिनु पर्छ /

५.टुरिष्ट बस टर्मिनल -काठमाण्डौंबाट लामो दुरीमा चल्ने पर्यटन नम्बर प्लेटका बसहरुको प्रस्थान र आगमन टर्मिनल नभएको हुंदा यस क्षेत्रले बारम्बार विभिन्न समस्याहरु झेल्नु परेको र पर्यटकहरुमा पनि मुलुकको छवि प्रति नकारात्मकता बढ्दै गएको अनुभव गरिएको छ । तसर्थ, काठमाण्डौं लगायत देशका प्रमुख पर्यटकीय शहरहरुमा नेपाल सरकारद्वारा उपयुक्त स्थल चयन गरी टुरिस्ट बस टर्मिनलको अविलम्ब निर्माण गर्ने व्यवस्था गरिनु पर्छ /

६.नेपाल आउन चाहने पर्यटकहरुका लागि ‘अनलाईन भिसा’ उपलब्ध गराउने प्रावधान तुरुन्त शुरु गरिनु पर्दछ ।

७.राष्ट्रिय ध्वजावाहक – राष्ट्रिय ध्वजावाहकको कार्य क्षमतासंग प्रत्यक्षरुपमा पर्यटक आगमनको सम्बन्ध रहेको र २०२० मा १५ लाख पर्यटक भित्र्याउन कम्तीमा यसै बर्ष भित्र नेपाल वायूसेवा निगमसंग ६ वटा न्यारो बडी तथा ४ वटा वाइड बडी भित्र्याउनु पर्नेमा २ वटा न्यारो बडी अपरेसनमा आईसक्नुको साथै २ वटा वाइड बडी आउने क्रममा रहेको हुंदा थप ४ वटा न्यारो बडी र २ वटा वाइड बडी गरि जम्मा १० वटा विमान खरिद गर्ने आवश्यक व्यवस्था मिलाई राष्ट्रिय ध्वजावाहकलाई सबल बनाइनु पर्छ ।

यस्तै राष्ट्रिय ध्वजाबाहकको क्षमता अभिबृद्धि गर्न विदेशी विमान सेवाहरुसंग साझेदारीका लागि पहल गरिनु पर्र्छ ।

८ हवाई सेवालाई सहज बनाउन – अंतराष्ट्रिय हवाई सेवा संचालनमा इन्धन , ल्यान्डिङ , पार्किंग अत्यन्तै महंगो रहेकोले छिमेकी मुलुक सरह उपलब्ध गराउने व्यवस्था गरिनु पर्ने । साथै चार्टड उडानहरुलाई उत्प्रेरित गर्न अवतरण र उडानमा लाग्ने शुल्कमा विशेष छुट गरिनु जरुरी छ । अंतराष्ट्रिय विमानबाट पर्यटकहरुको आवागमन हुने भएकाले हालको अवस्थामा ग्राउनड ह्यांडलीग लगाएत आन्तरिक हवाई सेवाहरुमा लाग्ने इन्धनमा सरकारी छूट उपलब्ध गराइनु पर्छ । विमान स्थलको ‘ अफ आवर्स’मा अवतरण गर्ने÷उडान भर्ने वायूसेवाहरुलाई पनि निश्चित छूटको व्यवस्था गरिनु पर्दछ ।

९.हाल त्रिभुवन विमानस्थलमा संचालनमा रहेका इन्डीयन एअरलाइन्सको बसहरु ज्यादै पुरानो भएकाले तिनिहरुको स्थानमा नयां बसहरुको व्यवस्था गर्न व्यवस्थापनलाई निर्देशन दिइनु पर्छ/ ।

१० -अध्यागमनमा एक्सप्रेस काउन्टर -अध्यागमन सेवामा कार्यरत अध्यागमन अधिकृतहरु तालिम प्राप्त र उपयुक्त व्यवहार भएको हुनु जरुरी छ । त्यस्तै, काउन्टरहरुमा पनि सबै काउन्टर खोली छिटो सेवा उपलब्ध गराइनु पर्छ । विमानबाट घण्टौं यात्रा गरी, आगमन कक्षमा थकित भै आई पुग्ने पर्यटकहरुलाई अध्यागमनको लामो लाइनमा उभिएर पालो कुनु पर्ने, अध्यागमनमा कार्यरत तालिम प्राप्त नभएका कर्मचारीको व्यवहार, विमानस्थल वरिपरिको फोहोर, निर्दिष्ट पोशाकको अभावमा को के हो भनेर चिन्न नसकिने स्थिति, शौचालयको दुर्गन्ध, टेलिफोनको कमी, ट्याक्सीको भीड, बर्षामा भिजेर कार पार्क सम्म पुग्नु पर्ने स्थिति आदि अनेक पुर्वाधारमुलक कमि कमजोरीहरुमा सुधार गरिनु पर्छ । साथै, फर्स्ट क्लास , विजिनेस क्लास तथा अन्य विशिष्ट पर्यटकहरुका लागि एउटा छूट्टै एक्सप्रेस काउन्टर खोलिनु वांछनीय छ ।

११ -पर्यटन विश्वविद्यालयको स्थापना – पर्यटन क्षेत्र देशको एकमात्र विदेशी मुद्रा आर्जनका साथै रोजगारी श्रृजना एंव समग्र अर्थतन्त्रको विकाशमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्षेत्र भएको र हाल हस्पिटालिटी, टूरिजम म्याजमेन्ट, होटल म्याजमेन्ट लगायतका पर्यटनसंग सम्बन्धित बिषयहरु अध्यापन समेत भै रहेको तर हालसम्म पनि पर्यटन विश्वविद्यालय स्थापना नभएको हुंदा यथाशिघ्र पर्यटन विश्वविद्यालयको स्थापना गरि ७ वटै प्रदेशमा पर्यटन कलेज तथा स्कूलहरुको स्थापना गरिनु पर्छ / 

१२.बाझिएका ऐनको संशोधन – विद्यमान पर्यटन ऐन तथा यातायात व्यवस्था ऐनमा पर्यटक शब्दको परिभाषा बाझिएको संदर्भमा आन्तरिक पर्यटकहरुले पर्यटन सवारीमा यात्रा गर्न नपाएको तथा पटक पटक बस व्यवसायीहरु बीच तनाव सृजना भै विदेशी यात्रुहरुले समेत जोखिम उठाउनु परेको दृष्टान्तलाई ध्यानमा राखि उपरोक्त दुवै ऐनमा आवश्यक संशोधन गरिनु जरुरी छ । आन्तरिक पर्यटनको विकास विना मुलुकमा आर्थिक क्रान्तिको कुनै सम्भावना नरहने तथ्यलाई स्वीकार्दै आन्तरिक पर्यटन विकासका लागि उपरोक्त दुवै ऐनमा संशोधन गरिनु अत्यावश्यक छ ।

१३.पर्यटन श्रम ऐन – उपयुक्त पर्यटन श्रम ऐनको अभावले गर्दा पर्यटन उद्योगमा नकारात्मक प्रभावहरु बढी रहेको संन्दर्भमा दीगो पर्यटन श्रम ऐनको टड्कारो आवश्यकता रहेको छ ।

१४ नेपाली प्लेटका सवारी भारतीय सरह -भारतीय नम्बर प्लेटका पर्यटन सवारी साधनलाई जस्तै नेपाली पर्यटक सवारी साधनलाई पनि भारतमा निर्वाध रुपले चल्न पाउने व्यवस्था गरिनु पर्छ ।

१५. सवारी साधनको आयात – ट्राभल एजेन्ट्स तथा टूर अपरेटरहरुलाई पर्यटकहरुको सेवा सुविधाका लागि विदेशबाट पैठारी गरिने सवारी साधनमा भन्सार छूटको व्यवस्था गरिनु पर्छ । अंतर्राष्ट्रिय स्तरका सवारी साधनहरु प्रचलनमा नभएका तथा ती अत्यन्तै महंगा पनि हुने भएकाले ट्राभल व्यवसायीहरुलाई यस्ता सवारी साधन पैठारी गर्न भन्सार तथा अन्य करहरुको छुटको आवश्यकता छ । छिमेकी मुलुकहरुमा यस्ता सवारी साधन स्थानीय स्तरमै निर्मित हुने भएकोले त्यहां सवारी साधनहरु तुलनात्मक रुपले अत्यन्तै सस्ता भएका कारण नेपाली एजेन्टहरुको भाडा दर प्रतिस्पर्धि हुन सकेको छैन ।

१६ .कैलाश–मानसरोवर – नेपाल हुंदै कैलाश–मानसरोवर जाने भारतीय तीर्थालुहरुका लागि नेपाल हुंदै प्रवेश गर्ने नाकाहरु जस्तै, कोदारी, हिलिसा, लोमानथाङ र रसुवागढी नाका खुल्ला गरिनु पर्ने आवश्यकता छ /

१७ पर्यटन प्रवद्र्धनमा राजदूतावासहरुको भूमिका -झण्डै आधा शताब्दी भन्दा अघि देखि प्रारंभ भएको मुलुकको पर्यटन व्यवसायले परिवर्तनका अनेकौं संघारहरु पार गरी आज विश्व पर्यटन बजारमा नै प्रतिस्पर्धा गर्न सक्ने क्षमता हासिल गरेको छ , सकारात्मक चेतना जागेको छ र मेची देखि महाकाली र हिमाल देखि तराई सम्मका हाम्रा डांडा–कांडा, नदी–नाला, बन जंगल र हरिया फांटहरुले गर्दा नेपाललाई एसियाको स्वीटजरलैण्ड भनी विदेशी आगन्तुकहरुले नेपालको पर्यटकीय सम्पदाको मुक्त कण्ठले प्रशंसा गरेका छन् । संभवतः नेपाली पर्यटन ’bout जति पुस्तकहरु लेखिएका छन् त्यति अन्य कुनै मुलुकको पर्यटन ’bout लेखिएका छैनन् । तर, यस्ता पुस्तकहरु एंव अन्य प्रवद्र्धनात्मक सामाग्रीहरु विदेश स्थित हाम्रा राजदुतावासहरु र कूटनीतिक नियोगहरुमा विरलै देख्न पाईएको आम गुनासो प्रति नेपाल सरकारको ध्यान जान जरुरी छ ।

१८-भुकम्पले क्षति भएका ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुलाई यथाशिघ्र निर्माण सम्पन्न गर्नु पर्ने, पर्यटकीय दृस्टीकोणले महत्वपूर्ण कतिपय स्थलहरु पनि सवारी साधनहरुको प्रदूषण बाट ग्रसित पाइएकोले प्रदूषण फैलाउने खालका कारखानाहरुलाई पर्यटकिय स्थल नरहेका क्षेत्रहरुमा स्थापना गर्न प्रोत्साहन गरिनुपर्छ /

१९.’ माइस टुरिज्म’ प्रवद्र्धन गर्नको लागि ७ वटै प्रदेशमा सुविधा सम्पन्न कम्तीमा पाँच हजार व्यक्ति सम्म अट्ने ट्रेड सेन्टरको निर्माण गरिनु पर्छ /

२०. संघ–संस्थाहरुमा प्रत्यक्ष प्रतिनिधित्व -पर्यटन सम्बद्ध विभिन्न बोर्ड तथा प्राधिकरणहरुमा पर्यटन सम्बद्ध संघ–संस्थाहरुको प्रत्यक्ष प्रतिनिधित्व हुनु पर्छ ।

२१.अशोक स्तम्भको संरक्षण एंव मायादेवी मन्दिरको पुनर्निमाण -लुम्बिनीमा रहेको अशोक स्तम्भ अत्यन्तै प्राचीन हुन गै विभिन्न पर्यावरणीय कारणले गर्दा जिर्ण हुन जाने खतराबाट जोगाउन अशोक स्तम्भलाई शिशाको आवरण बनाई संरक्षण प्रदान गरिनु पर्छ । साथै, मायादेविको मन्दिरलाई त्यसै स्थलमा नेपाली भावना र कला प्रतिबिम्बित हुने गरि आकर्षक रुपले पुनः निर्माण गरिनु पर्दछ ।

२२.पूर्वाधार निर्माणमा प्रोत्साहन -नयां पर्यटकीय स्थलहरुमा पर्यटन सेवाका लागि स्थापना गरिने पूर्वाधार निर्माण गर्ने संबंधित उद्यमी÷व्यवसायीहरुलाई सरकारबाट समूचित प्रोत्साहन हुनु जरुरी छ ।

२३.राजमार्ग व्यवस्थापन -प्रमुख गन्तव्यस्थलहरुसित जोडिएका राजमार्गहरु दुरावस्थामा छन् । ती राजमार्गहरुलाई अल्पकालिन, मध्यकालिन, र दीर्घ कालीन योजना तर्जुमा गरिचार लेन को बनाइनु पर्दछ र त्यस्ता मार्गहरुमा यथेष्ट पर्यटकीय सेवा सुविधा उपलब्ध गराइनुका साथै ती मार्गहरुको सुव्यवस्थाका लागि नियमित रुपले आवश्यक बजेट विनियोजित गरिनु पर्दछ ।

चैत ९ , २०७४

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *