पर्यटन क्षेत्रमा सय दिनमा ११० कार्य सम्पन्न गर्ने सरकारी प्रतिवद्धता

नेपाल टुर न्यूज संवाददाता —

काठमाडौँ, चैत १६ । पर्यटन क्षेत्रको समग्र विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० दिनको अवधिमा १६ क्षेत्रमा ११० वटा काम सम्पन्न गर्ने योजना सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आज एक पत्रकार सम्मेलनमा एक सय दिनमा गरिने गतिविधि सार्वजनिक गर्नु भएको हो /

एक सय दिन भित्र पूरा गरिने कार्यक्रममा पर्यटन क्षेत्रको नीतिगत तथा कानूनी सुधार , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार, भूकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाहरुको पुनःनिर्माण, पर्यटकीय तथ्याङ्क अद्यावधिक कार्य, दिगो पर्यटन व्यवस्थापन, पर्यटकीय सेवा सुविधाको गुणस्तरीयता, एकीकृत पर्यटन पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, हवाई उड्डयन सुरक्षा सुदृढीकरण लगाएतका कार्यक्रम समावेस गरिएका छन् /

मन्त्री अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक २१ घण्टा सञ्चालन गरिने , अन्तर्राष्ट्रिय आगमनतर्फका यात्रुको बढीमा एक घण्टाभित्र लगेज पाउने व्यवस्था मिलाईने , आन्तरिक उडानलाई अन्यत्र स्थानान्तरण गर्न काभ्रेपलाञ्चोकको ठूलीचौरका साथै अन्य सम्भाव्य विकल्पको अध्ययन गरिने , राष्ट्रिय गौरवको आयोजना दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने , निर्माणाधीन, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तीब्र परिने स्पस्ट पर्नु भयो /

यस्तै छिमेकी मुलुकहरुबाट बढी पर्यटक आकर्षित गर्न भारत र चीन दुवैमा पर्यटन प्रवर्धन गरिने सय दिनको कार्य योजनामा उल्लेख छ /

चैत १६ , २०७४

तस्विर : भूकम्पले क्षतिग्रस्त काठमाडौँ दरवार क्षेत्र / ट्राभल बिज न्यूज

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिवद्धताहरुको पूर्ण विवरण

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *