• नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना सन् २०१६–२०२५

    नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना सन् २०१६–२०२५

    नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना, २०१६–२०२५, नेपाल सरकारको मध्यावधिक रणनीतिक दस्तावेज हो, जुन नेपालको समग्र पर्यटन विकासका लागि अति आवश्यक छ । नेपालको पर्यटन विकासको लक्ष्य हासिल गर्नका लागि दिशाबोध गर्ने मूल पथ–प्रदर्शक दस्तावेजको रूपमा यो तयार भएको छ । दश वर्षको दूरदृष्टि (भिजन) र ५ वर्षको विस्तृत कार्य–योजना (एक्सन–प्लान) को साथमा, कार्यान्वयनको पहिलो पाँच वर्षमा सरकारले प्रमुख चुनौतीहरूकोकसरी सामना गर्नुपर्छ भन्ने सवालहरूलाई यो रणनीतिक योजनाले प्रष्ट्याएको छ । यस अवधिका लागि अगाडि सारिएका प्राथमिक कार्य–योजनाहरू सरकारी निकाय, निजीक्षेत्रका सरोकारवाला र अन्य सङ्घसंस्थाहरू एवं विज्ञहरूसँगको सहभागितामा व्यापक छलफल गरी तयार गरिएका हुन्। यस दस्तावेजमा नेपालको संविधान अनुरुप  पर्यटन क्षेत्र संघ र प्रदेशको साझा अधिकारको विषय भएकालेदेशको समग्र पर्यटनको विकासका लागि केन्द्र र राज्य बीचको समन्वय र पर्यटनबाट प्राप्त हुने लाभका विषयमा पनि परिचर्चा गरिएको छ ।

    यो रणनीतिक योजनाले नेपाल सरकारको पर्यटन विकासको दीर्घकालीन दृष्टिकोणलाई यसरी सम्बोधन गरेको छ ः

    - नेपाललाई यस क्षेत्रकै एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गरी देशको अर्थतन्त्रमा योगदान पु¥याउने महत्वपूर्ण माध्यमको रूपमा विकास गर्ने,

    - अन्तर्राष्ट्रिय पर्यटकहरूलाई उनीहरूका चाहना र इच्छाअनुसार विविध अनुभवहरू प्रदान गर्नका लागि हाल रहेका केही पर्यटकीय केन्द्रहरूका अतिरिक्त अन्य पर्यटकीय गन्तव्य तथा अनुभवमा विविधीकरण ल्याउने ।

    नेपालको अर्थतन्त्रमा पर्यटनको महत्व दिन प्रतिदिन बढ्दै गइरहेको छ । पर्यटन उद्योगले हाल नेपालको निर्यात उपभोग्य वस्तुको ३८% वस्तुहरू र गैर–उद्योग सेवाहरूको कुल २०% र विदेशी विनिमय आयआर्जनको लगभग ३% योगदान पु¥याउँदछ । वल्र्ड ट्राभल एन्ड टुरिजम काउन्सिल ९ध्त्त्ऋ० ले सन् २०१६ मा गरेको अनुमान अनुसार पर्यटन क्षेत्रले सन् २०१५ मा नेपालमा जम्मा ४ लाख २६ हजार ५०० प्रत्यक्ष रोजगारी (कुल रोजगारको ३.२%) सृजना ग¥योर नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा प्रत्यक्ष रुपमा ४.०% ले योगदान पु¥यायो ।

    अनुपम एवं अद्वितीय प्राकृतिक तथा सांस्कृतिक स्रोतहरू नेपालका मुख्य पर्यटकीय सम्पदाहरू हुन् । नेपालका २० वटा संरक्षित क्षेत्रहरूले देशको २३.२३ प्रतिशत क्षेत्रफल ओगट्दछन् । नेपालमा हिमालयको मुख्य भाग पर्छ, अर्थात् संसारकै सबैभन्दा उच्च हिमश्रृङ्खला नेपालमा नै रहेका छन्। विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरूमध्ये ८ वटा त नेपालमा नै छन्।

    पर्वतारोहण, पदयात्रा, चट्टान–आरोहण (रक–क्लाइम्बिङ), र प्याराग्लाइडिङ लगायत अन्य गतिविधिहरू, कम र बढी जोखिम हुने साहसिक पर्यटन गतिविधिहरूको प्रमुख स्रोत नै यिनै हिमालहरू हुन्। हरेक वर्ष लाखौंको सङ्ख्यामा पर्यटकलाई आकर्षण गर्ने सांस्कृतिक र धार्मिक सम्पदाहरू (लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर तथा डोल्पा लुप्राको बोन्पो संस्कृति तथा शे–गुम्बा आदि) नेपालको पर्यटनका प्रमुख आकर्षक सम्पदाहरू हुन्।

    हिन्दुहरुका आरध्यदेव पशुपतिनाथको संरक्षण, विकास र प्रवर्धनका लागि नेपालको पशुपतिनाथ र भारतका १२ वटा ज्योर्तीलिङ्गहरुलाई समेटेर पशुपति शिव परिपथ र पशुपति क्षेत्र भित्रका पशुपतिनाथको मुल मन्दिर, गुह्रेश्वरी, चन्द्रविनायक, धु्रवस्थली, जयबागेश्वरी,  कैलाश, मृगस्थली, वनकाली र भण्डारखाल आदिलाई समेटेर पशुपति परिक्रमापथको प्रवर्धन गर्ने अवधारणा ल्याइएको छ । साथै  संग्रहालयहरु, धर्मशालाहरु, ध्यानकेन्द्र, धार्मिक पर्यटकहरुका लागि पर्यटक सूचना केन्द्र, हस्तकलाका सामान विक्रि गर्ने पसलहरु,एटिएम आदिको स्थापना गर्ने, काठमाँडौमा अन्तर्राष्ट्रिय हिन्दु मन्दिर सम्मेलनको आयोजना गर्ने जस्ता कार्यक्रमहरुलाई प्राथमिकताका साथ प्रस्ताव गरिएको छ ।

    नेपालको साँस्कृतिक पक्षको महत्व केवल संरक्षणको हेतुले लागि मात्र नभै नेपालीहरुको निरन्तर अभ्यासको विषय समेत भएकाले नेपालका साँस्कृतिक सम्पदाहरु जिवित संस्कृतिको रुपमा पनि सुपरिचित छन्। । काठमांडौको किर्तिपुरमा नेपालको आकारमा राष्ट्रिय संस्कृति संग्रहालयको स्थापना गरि नेपालका १२५ जनजातीहरुले दैनिक जीवनमा गर्ने कार्यहरुकोसजीव प्रस्तुतीको प्रर्दशन गर्ने प्रस्ताव ह यस योजनामा अगाडि सारिएको छ । साथै संग्रहालयको दिगोपनका लागि पर्यटकहरुले रुचाउने बस्तुहरु संग्रहालय परिसरमा नै निर्माण गरी बिक्रि गर्ने व्यवस्था मिलाउन पनि प्रस्ताव गरिएको छ ।

    नेपालका ग्रामीण क्षेत्रहरुका प्राकृतिक, र्साँस्कतिक आर्कषणहरु, रहनसहन, रीतिरिवाज र आतिथ्यतालाई अन्र्तराष्ट्रिय र आन्तरिक पर्यटकहरु माझ प्रवर्धन गर्न, ग्रामिण र दुर्गम स्थानहरुमा बसोबास गर्ने स्थानीयहरुको आय आर्जन र रोजगारीमा अभिवृद्धि गर्न र पिछडिएको समुदायलाई पनि पर्यटन विकासको मूलप्रवाहमा ल्याएर गरीवी निवारणका लागि उपयुक्त मानिएको होम स्टे पर्यटनको

    विकास, प्रर्वधन र संचालनका लागि यो रणनीतिले विशेष जोड दिएको छ । होम स्टे पर्यटन दर्ताको प्रक्रिया सहज बनाउन पनि यस योजनाले सिफारिश गरेको छ ।

    यिनै अतुलनीय र प्रचुर पर्यटनका स्रोतहरूलाई व्यवस्था गर्न र तिनीहरूबाट उत्कृष्ट प्रतिफल लिन यो रणनीतिले सम्पदा विकास, गन्तव्य सुधार एवं विविधीकरणमा जोड दिएको छ । पर्यटनलाई तीव्ररूपमा सुधार गर्न अन्य प्रदर्शनयोग्य नमूना परियोजनाहरू  बनाउनका लागि पनि यस रणनीतिक योजनामा प्रस्ताव गरिएको छ ।

    मौसमी÷ऋतुमा आधारित उद्योग र सस्तो पदयात्रा एवं धार्मिक पर्यटनका बजारहरू र उच्च गुणस्तरका सेवा र सुविधाहरूमा सीमित लगानीका कारणले नेपालको पर्यटनले दिने प्रतिफल सन्२०१५ मा प्रतिव्यक्ति पर्यटकको खर्च दर अमेरिकी डलर ९३२.५ रह्यो, अर्थात् प्रतिदिन सरदरमा अमेरिकी डलर ६८.५७ रह्यो ।

    अतः पर्यटन अर्थतन्त्रको सुधार गर्न यो पर्यटन रणनीतिक योजनाले यस क्षेत्रमा संलग्न प्रमुख सरोकारवालाहरूसँग परामर्श गरी निम्न पक्षहरूमा जोड दिएको छ :

    (१) लगानीको वातावरणलाई सुधार गर्दै सार्वजनिक–निजी क्षेत्रको साझेदारिता र प्रत्यक्ष वैदेशिक लगानी एवं निजी क्षेत्रको लगानीलाई प्रवद्र्धन गर्ने;

    (२) उड्डयन सुधारमा बढी जोड दिँदै पूर्वाधारहरूको सुधार गर्ने;

    (३) विकास गरिसकेको पूर्वाधारहरूको सेरोफेरोमा पर्यटकीय सम्पदा विकास तथा अन्य वस्तु एवं सेवा उत्पादनमा जोड दिने;

    (४) केही पर्यटन क्षेत्रहरू र पर्यटकीय उपजहरूलाई प्राथमिकीकरण गर्ने;

    (५) निजी क्षेत्रलाई सहयोग एवं सहजीकरण गर्ने;

    (६) नीति तथा ऐन–नियम र संस्थागत संरचनाको सुधार गर्ने;

    (७) पर्यटन क्षेत्रमा प्राविधिक जनशक्तिको विकास गर्ने;

    (८) विभिन्न क्षेत्रबीचको अन्तरसम्बन्ध विस्तार तथा स्थानीय स्रोतहरूको प्रयोगमा जोड दिने;

    (९) पर्यटकीय गन्तव्यहरूमा साना–व्यवसाय÷उद्यमहरू प्रवद्र्धन गर्न लघुवित्तमा पहुँच बढाउने ।

    पर्यटन क्षेत्रको समग्र विकासका लागि ११ वटा विशेष रणनीतिक लक्ष्यहरू तय गरिएका छन्ः

    योजना तर्जुमा तथा विकासको लक्ष्य ः पर्यटनलाई योजनाबद्ध र दिगो तवरबाट विकास गर्ने ।

    ब्राण्डिङका लक्ष्यहरूः विश्वव्यापीरूपमा परिचित नेपालको पर्यटन ब्राण्ड स्थापना गर्ने र स्वदेश तथा विदेशमा नेपालको पर्यटनको छविलाई स्थापित तथा विस्तार गर्ने ।

    बजारीकरणका लक्ष्यहरू :वर्षभरि पर्यटक आगमनमा निरन्तर उच्च वृद्धि हासिल गर्ने र आगन्तुकहरूबाट प्रतिपादित मूल्य, राजस्व, ऋतु र भौगोलिक वितरणमा उल्लेखनीय रूपले सुधार गर्ने

    पर्यटन अर्थतन्त्रसम्बन्धी लक्ष्यहरू: राष्ट्रिय विकासको लागि गार्हस्थ उत्पादन र रोजगारी अभिवृद्धि, गरीवी न्यूनीकरण र दिगोरूपमा वैदेशिक विनिमय आर्जन वृद्धि गर्नमा योगदान गर्ने ।

    लगानी र व्यावसायिक वातावरण सुधारका लक्ष्यहरू ः पर्यटन व्यवसायमा सुविधा तथा सेवाहरू विस्तार गर्नका लागि लगानी आकर्षित गरी व्यावसायिक विकासको वातावरण सुधार गर्ने ।

    मानव संसाधन विकाससम्बन्धी लक्ष्यहरू :पर्यटन मानव संसाधनको क्षमता, गुणस्तर, सङ्ख्या र कार्यसम्पादनको सुधार गर्ने ।

    पर्यटन गुणस्तर सुधारका लक्ष्यहरू ः गुणस्तर, आवास, बसाइ, खाना, सुरक्षा र सार्वजनिक क्षेत्रका सेवाहरूमा सुधार ल्याई नेपालको पर्यटन अनुभवलाई फराकिलो पार्ने ।

    पर्यटन पूर्वाधार विकासका लक्ष्यहरू : आवश्यक पर्यटन पूर्वाधार विकासका लागि स्पष्ट नीति तथा कार्य–योजना तयार पारी केन्द्र तथा प्रदेशहरुको समन्वय मार्फत कार्यान्वयनको वातावरण मिलाउने । यस कार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।

    संस्थागत संरचना, व्यवस्थापन तथा नीतिगत लक्ष्यहरू : पर्यटन क्षेत्रको विकास र दिगो वृद्धिका लागि केन्द्र र प्रदेश स्तरमा प्रभावकारी संस्थागत र नियमनकारी ढाँचा विकास गर्ने ।

    सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी लक्ष्यहरू: नेपालको विविध मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्धन र प्रवद्र्धन गरी दिगो पर्यटन विकासमार्फत आय र रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोग गर्ने ।

    प्राकृतिक वातावरण संरक्षणसम्बन्धी लक्ष्यहरू :प्रदुषण रहित पर्यटनको विकास गरि पर्यटनकोवातावरणीय प्रभाव न्यूनीकरण गर्न उपयुक्त रणनीति तय, योजना तर्जुमा तथा कार्यान्वयन गरेर पर्यावरण अनुकुल पर्यटन र यस सम्बन्धी असल अभ्यासहरूलाई प्रवद्र्धन गर्ने ।

    दिगो विकासका लक्ष्यहरु : सन्२०१५ मा विश्वका धेरै मुलुकहरुले गरिवि निवारण गर्न, पृथ्वीलाई जोगाउन र सबैका लागि समृद्धिको सुनिश्चितता गर्नका लागि १७ वटा दिगो विकासका लक्ष्यहरु अवलम्बन गरेका छन । यस्ता लक्ष्यहरु मध्ये नं ८ ले उपयुक्त रोजगारी र आर्थिक बृद्धि गर्ने लक्ष्य र नं. ले १२ जिम्मेवार उत्पादन र उपभोग गर्ने परिपाटीको सुनिश्चितता गर्ने लक्ष्य लिएकाले दुवै दिगो

    विकासका लक्ष्यहरु पर्यटन क्षेत्रसंग प्रत्यक्ष सबंन्धित छन । रोजगारी सिर्जना गर्ने र स्थानीय संस्कृति तथा उपजहरुको प्रर्वधन मार्फत दिगो पर्यटनलाई बढावा दिने नीतिहरु तर्जुमा र कार्यान्वयन गर्ने लक्ष्य दिगो विकासको लक्ष्य नं.८ ले लिएको छ भने रोजगारी सिर्जना गर्ने र स्थानीय संस्कृति तथा उपजहरुको प्रर्वधन मार्फत दिगो पर्यटन दिगो विकासका प्रभावहरुको अनुगमन गर्ने उपायहरु तयार गरि कार्यान्वयन गर्ने दिगो विकासको लक्ष्य नं.१२ ले लिएको छ ।

    अतः यी सबै लक्ष्यहरू हासिल गर्नका लागि यस रणनीतिक योजनामा क्रमिक विकासको अवधारणा अनुसार २ वटा मुख्य चरण हुने गरी प्रस्ताव गरिएको छ :

    चरण १ (सन् २०१६–२०२०) :

    यो रणनीतिको पहिलो चरणमा गन्तव्य विविधीकरण र सुधारमा जोड दिइनेछ । पर्यटकीय गतिविधिहरु संचालनको दृष्टिकोणबाट पछि परेका प्रदेशहरुका नयाँ क्षेत्रहरू र स्थानहरूमा पर्यटकीय आर्कषणहरुकोविस्तार तथा विविधीकरण गरिनेछन्, जसले नयाँ प्रकारका उत्पादनहरू विकास गर्न र हालै देखा परिरहेका उत्पादनहरूलाई एकीकृत गरी बढी चापमा परेका पर्यटन क्षेत्रहरूमा भीडलाई कम गर्न मदत गर्ने । साथै, हाल नेपाल बढी भर परिरहेको सफल पदयात्रा र पर्वतारोहण उत्पादनलाई सुरक्षित राख्न र सुधार गर्न विभिन्न प्रयासहरू गरिनेछन्। उत्पादनहरू र सेवाहरूको गुणस्तर सुधार गर्न नेपाल पर्यटन बोर्डमार्फत्यो चरणमा विशेष जोड दिइनेछ ।

    चरण २ (सन् २०२१–२०२५) :

    यो रणनीतिको दोस्रो चरणमा नयाँ उत्पादनहरूलाई एकीकृत गर्नमा जोड दिइनेछ । चरण १ मा विकास गरिएका उच्च मूल्य बजार ( पर्यटक) हरूलाई लक्षित गर्दै नयाँ ठाउँहरू खोलिनेछ र पर्यटकीय उत्पादनका सम्भावनाहरूलाई विस्तार गरिनेछ । गुणस्तरीय सेवा प्रदान गर्ने प्रयासहरू यो रणनीतिमा निरन्तर रहनेछन् । त्यस्तै गरेर सेवा–सुविधाहरूका क्षेत्रमा हासिल गरिसकेका उपलब्धिहरूलाई गुणस्तर कायम गरी निरन्तरता दिनमा जोड दिइनेछ ।

    १० वर्षपछि गर्नुपर्ने रणनीतिक कार्य (दीर्घकालीन दृष्टिकोण) :

    यस रणनीतिक योजना दस्तावेजमा प्रस्ताव गरिएका पर्यटन विकासका रणनीतिहरूलाई नियमितरूपमा अनुगमन गर्नुपर्दछ र असामान्य अवस्था आईपर्दा उद्देश्यहरू पूरा भए–नभएको निश्चित गरी मिलाइनु पर्दछ । यो रणनीतिको कार्यान्वयन पश्चात् यसै योजनालाई पुनरावलोकन गर्ने कि नयाँ रणनीति तर्जुमा गर्ने भन्ने विषयमा १० वर्षपछि निर्णय लिनुपर्ने हुन्छ ।

    पर्यटन र आर्थिक प्रक्षेपणहरू ः यो रणनीतिक योजनाको कार्यान्वयनबाट (क) पर्यटकको आगमनमा वृद्धि ; (ख) बसाइ अवधिमा वृद्धि ;(ग) कूल राजस्व र प्रति पर्यटकबाट आउने आम्दानीमा वृद्धि ; र (घ) रोजगारीमा वृद्धि जस्ता बहु–आयामिक प्रभावहरूबाट अर्थतन्त्रल लाभ पाउने अपेक्षा गरिएको छ । वार्षिक पर्यटक आगमन सन्२०२० मा १७.५ र सन्२०२५ मा १२.५ वृद्धि हुने अपेक्षा गरेको छ । सोहीअनुसार पर्यटक आगमन सन्२०२० मा १३ लाख ३९ हजार र सन्२०२५ मा २५ लाख २२ हजार पुग्ने अपेक्षा गरिएको छ ।

    पर्यटकको बसाइ अवधि सन्२०२० मा १४ दिन र सन्२०२४ मा १५ दिन हुने अपेक्षा गरिएको छ । विदेशी विनिमय आर्जनमा वृद्धि भई सन्२०२० मा अमेरिकी डलर १,३२१ मिलियन र सन्२०२५ मा ३,४०१ मिलियन हुने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादनमा पर्यटनबाट प्राप्त हुने आम्दानी सन्२०२० मा ४.९४ र सन्२०२५ मा ९.२९ ले वृद्धि हुनेप्रक्षेपण छ ।

    सन ्२०१५ को भूकम्प पश्चात पर्यटकको आगमनमा अघिल्लो वर्षको तुलनामा झण्डै ३२ प्रतिशत ले ह्रास आएको कारण दीर्घकालिन रुपमा यसको असर पर्ने देखिन्छ । २०१७ मा मात्र आगमनमा २०१४ को स्थितिमा पुनरावृत्ति हुन सक्ने हुनाले सन्२०१६ र २०१७ मा २५ र–२०% को वृद्धिदर अनुमान गरिएको छ भने बाँकीका वर्षमा पनि १२.५ देखि १७.५ % सम्म्का वृद्धि अनुमान गरिएको छ ।

    पर्यटनका प्रवद्र्धनका लागि संरचनागत विकास योजना ः नेपालभित्रको हालको पर्यटन संरचना योजना काठमाडौं एउटै मात्र अन्तर्राष्ट्रिय प्रवेशद्वार र राजधानी रहेको र पोखरा र भरतपुर (चितवन राष्ट्रिय निकुञ्ज) को त्रिकोणात्मक आकर्षणले बाँधिएको रूपमा छ । अन्नपूर्ण संरक्षण क्षेत्र र लुम्बिनी लगायत अन्य प्रमुख पर्यटकीय आकर्षणहरू यसैत्रिकोणमा पर्छन्। लुक्ला भएर सगरमाथा क्षेत्रमा आगमन हुने पर्यटकहरूको सङ्ख्या पनि उल्लेखनीय छ । नेपाल संघीय ढाँचामा प्रवेश गरिसकेको परिप्रेक्ष्यमा समग्र नेपाल र प्रादेशिक तहसम्मको पर्यटन प्रर्वद्धनका लागि नयाँ संरचनाको निर्माणका लागि सुझाव दिइएको छ ।

    पर्यटन नीति, रणनीति तथा नियमनकारी ढाँचा ः यो पर्यटन रणनीतिक योजनालाई सही रूपमा कार्यान्वयन गर्न सक्ने दस्तावेजको रूपमा रुपान्तरित गर्न र यो रणनीतिले एउटा नीति कार्यान्यन कार्यदल गठन गर्न सुझाव दिन्छ । सरकारको वार्षिक कार्य योजनामा समावेश गराउनका लागि समेत पहल गर्नेछ ।

    पर्यटन पूर्वाधार र अन्य सेवासुविधा ९गतष्ष्तिष्भक० विस्तार ः नेपालमा पर्यटन अभिवृद्धि गर्न निम्नलिखित कार्यहरू कार्यान्वयन गर्न सुझाव दिइएको छ, जुन सडकको पहुँच विस्तार, सूचना तथा संकेत चिन्ह स्थापना, र सरोकारवालाहरूलाई योजना बनाउन सघाउने कार्यहरूतर्फ केन्द्रित रहनेछ:

    - पर्यटन विकासका प्राथमिकताका आधारमा अन्य क्षेत्रहरूसँग समेत व्यापक परामर्शका आधारमा एउटा राष्ट्रिय सडक सञ्जाल विकास गर्नका लागि कार्यदल गठन गर्ने । त्यसैका आधारमा राष्ट्रिय पर्यटन प्राथमिकता प्राप्त सडक विकास कार्यक्रम तयार पार्ने ।

    -पर्यटन विकासमा प्रभाव पार्ने सम्वन्धित मन्त्रालयहरूका उपयोगी तथ्याङ्कहरू र उपलब्ध पूर्वाधारहरू संलग्न भएको भौगोलिक सूचना प्रणाली (जीआइएस) इकाइ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा स्थापना गरी सञ्चालन गर्ने ।

    -अन्तर्राष्ट्रिय स्तरको र समयसापेक्ष पर्यटन सूचना–पाटी तथा सङ्केत–चिन्हरूको सञ्जाल देशभर स्थापना गर्ने ।

    पर्यटनमा गुणस्तर : यो पर्यटन रणनीतिक योजनाको जोड गुणस्तर सुधारमा छ । नेपाली पर्यटनका उत्पादन र सेवाहरूको गुणस्तर उच्च तहमा पु¥याउनमा यो रणनीति सहयोगी हुनेछ । यसका लागि पर्यटन उद्योगका विभिन्न क्षेत्रहरूको सेवास्तर, प्रक्रिया आदि विषयको स्तर अध्ययन तथा पुनरावलोकन गर्न अति आवश्यक छ ।

    बजारीकरण र ब्राण्डिङ : विगत दशकमा राजनीतिक द्वन्द्वको अवधिमा नेपाल आउने पर्यटकहरूको सङ्ख्यामा उतार(चढाव भएता पनि राम्रो हवाइ–सम्पर्कको कारण विशेष गरी एसियाका विकासोन्मुख राष्ट्रहरू भारत, चीन र दक्षिण पूर्वी एशियाबाट नेपाल आउने पर्यटकहरूको सङ्ख्यामा विगत तीन वर्षयता सकारात्मक वृद्धि भएको अनुभव भएको छ । विगत दुई वर्षको अवधिमा परम्परागत लामो बसाइको बजारले पनि सुधारको सङ्केत देखाएको छ र आन्तरिक भ्रमणका मागहरू पनि देखिने गरी नै बढेका छन्। तैपनि नेपालको पर्यटन वृद्धि श्रीलङ्का र भारतजस्ता नयाँ गन्तव्यहरू भन्दा पछाडि परेको छ । प्रतियात्री खर्चदर कम, ऋतुमा आधारित पर्यटन र केही परिचित र स्थापित ोत्रहरू÷परिपथहरूमा बढी चाप पर्नु जस्ता संरचनागत सीमितताहरूले यो क्षेत्र चाहिँदो मात्रामा फैलन सकेको छैन ।

    बजारीकरण रणनीति : शुद्ध वैयक्तिक उठानको लागि नेपालको भ्रमण हाम्रो ब्राण्डको मर्म हो । यो ब्राण्डले नेपाल भ्रमण गर्नु भनेको हिमालयको काखमा टहल्दै नैसर्गिक आनन्द लिने उच्च अवसर पाउनु हो भन्ने सन्देश दिन्छ ।

    यो बजारीकरणको रणनीतिले छोटो अवधिको लागि लक्षित गरेको बजारमा तत्काल विस्तार र बृद्धि गर्न पुग्न सकिने बजारजस्ता प्राथमिक लक्षित स्रोत बजारहरू र ब जारका प्रकारहरूलाई पहिचान गर्दछ, भने निरन्तर लगानी र बृद्धिका लागि ‘उच्च मूल्य लामो अवधि’ को बजारहरूलाई लक्षित गरिन्छ । यो प्रस्तावित रणनीतिलाई मुख्य वृद्धि बजारहरू र क्षेत्रहरूमा बजारमा आधारित पर्यटन प्रतिनिधित्वमा लगानी गर्न जोड दिन्छ । साथै, प्राथमिकता दिन पर्ने बजारीकरणमा बढी खर्च गर्न, विशेष चासो क्षेत्रहरूमा लगानी बढाउने तथा बृद्धि नहुने खालका बजारहरूमा अनलाइन बजारीकरणका उपाय अपनाई खर्च कटौती गर्न पनि यसले जोड दिन्छ ।

    बजारको किसिम (सेग्मेन्ट) अनुसार बढी फलदायी बजारमा उपभोक्ता केन्द्रित प्रवद्र्धन र बढी आक्रामक बजारीकरणको आवश्यकता यस रणनीतिले औंल्याएको छ ।

    मानव संसाधन विकास ः सबै पर्यटनसम्बन्धी रोजगारीहरूको पेशागत स्तरहरू परिभाषित गर्न र योग्यताहरूको सुझाव दिन राष्ट्रिय पर्यटन सीप परिषद्गठन गर्न यो रणनीतिले सुझाव दिएको छ । उपयुक्त सीपमूलक पर्यटन योग्यताहरूलाई जाँच गरी प्रमाणीकरण गर्न र ती स्तरहरूलाई मान्यता प्रदान एवं स्वीकृति प्रदान गर्न एउटा स्वतन्त्र पर्यटन योग्यता प्रमाणीकरण बोर्डको स्थापना गरिनु पर्दछ । वर्तमान आवश्यकतालाई ध्यान दिँदै टुर गाइड, ट्रेकिङ गाइड, पर्या–पर्यटन, संरक्षित क्षेत्रमा पर्यटन, साहसिक पर्यटन आदि विविध विषयका तालिम कोर्स तथा पाठ्यक्रमहरू पुनरावलोकन र परिमार्जन गर्न जरुरी छ । हाल गाइडलाई दिइँदै आएको प्रमाणपत्र तथा लाइसेन्सको ’boutमा (योग्यता, तालिम आदि) पनि पुनरावलोकन मूल्याङ्कन गर्नु आवश्यक छ ।

    पर्यटन क्षेत्रमा सामुदायिक सहभागिता ः नेपाल पर्यटन बोर्डमा रहेको दिगो पर्यटन विकास इकाइ ९क्गकतबष्लबदभि त्यगचष्कm म्भखभयिऊभलत ग्लष्त( क्त्म्ग्० लाई थप सशक्त पारी केन्द्र तथा क्षेत्रीय तहमा सामुदायिक सहभागिता अभिवृद्धि गर्ने संयन्त्रमा जोड दिनुपर्छ । स्थानीय जनतालाई विभिन्न प्रशिक्षणहरू प्रदान गरी उनीहरूलाई उद्यमी बनाउने कुरामा जोड दिनुपर्छ । पर्यटकीय वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति श्रृङ्खलामा आबद्ध गरी विभिन्न उत्पादक समूह निर्माण, पर्यटन सहकारी गठन एवं तिनलाई बजारसँग आबद्ध गर्नुपर्दछ ।स्थानीय जनतामा बढीभन्दा बढी लाभ पु¥याउनका लागि सघाउने रणनीति यस योजनामा प्रस्ताव गरिएको छ ।

    साँस्कृतिक सम्पदा : नेपालका मूर्त तथा अमूर्त सम्पदाको संरक्षण तथा व्यवस्थापन गरी साँस्कृतिक पर्यटन प्रवद्र्धन गरी रोजगारी सिर्जना र स्थानीय गरीवी घटाउने ठूलो सम्भावना छ । अहिलेसम्म नेपालले साँस्कृतिक पर्यटन मात्र भनेर कुनै पनि क्षेत्रमा प्रवद्र्धन गर्न नसकेको स्थिति छ । अतः सँंस्कृतिक सम्पदामा कुनैपनि हानि–नोक्सानी नहुने र नकारात्मक असर नपर्ने गरी पूर्वदेखि पश्चिमसम्म फैलिएका विविध साँस्कृतिक सम्पदाहरूलाई प्रवद्र्धन गरी पर्यटन प्रवद्र्धन गर्ने रणनीति बनाउनुपर्छ । यदि यसरी प्रवद्र्धन गर्न सकियो भने नेपालमा अलग्गै खालका साँस्कृतिक पर्यटक भित्रिने ठूलो सम्भावना छ ।

    प्रकति तथा वातावरण संरक्षण ः पर्यटनमा पर्ने वातावरणीय असर घटाउने कुरालाई यस रणनीतिमा जोड दिइएको छ । यसका लागि सम्पदा तथा गन्तव्य विविधीकरण, संरक्षणसम्बन्धी चेतना अभिवृद्धि, व्यवस्थापनसम्बन्धी ज्ञान विकास तथा असल र नमूना अभ्यासहरूलाई प्रोत्साहित÷पुरस्कृत गर्ने रणनीति प्रस्ताव गरिएका छन्। गन्तव्य विविधीकरणका लागि देशका ७ वटैप्रदेशमा पर्यटन

    विकास क्षेत्रको अवधारणा बमोजिम पर्यटकीय गतिविधिहरु संचालन गरी हाल कतिपय सीमित क्षेत्रमा भइरहेको पर्यटन भार घटाउने क्रियाकलापहरू पनि प्रस्ताव गरिएका छन् । साथै, विभिन्न संस्थाहरूले हासिल गरेका वातावरणमैत्री पर्यटन विकास तथा फोहोरमैला व्यवस्थापनका अनुभवहरू एकीकृत गरी प्रचारप्रसार गर्ने, तालिम दिने, सञ्जाल बनाउने, असल अभ्यासलाई प्रोत्साहित गर्ने (एउटा राष्ट्रिय सम्मान÷पुरस्कारको स्थापना गर्ने) रणनीतिहरु पनि यस योजनामा प्रस्ताव गरिएका छन्।

    संस्थागत तथा नियमनकारी ढाँचा : नेपालको पर्यटन क्षेत्रको विकास, व्यवस्थापन तथा नियन्त्रण विभिन्न प्रकारको संस्थागत संयन्त्र (सरकारी, निजी, सार्वजनिक– निजी साझेदारी) हरूबाट हुँदै आएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समग्रमा नेपालको पर्यटन क्षेत्रको नियमन गर्ने कार्य गर्छ । यसका लागि अलग्गै नियम–कानून बनेका छन्। यस अन्तर्गत विभिन्न निकायहरू पर्यटन प्रशासन, विकास तथा व्यवस्थापनका कार्यहरूमा सक्रिय छन्।

    पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, नेपाल वायुसेवा  निगम, पुरातत्व विभाग, पर्वतीय प्रशिक्षण प्रतिष्ठान, आदि यस मन्त्रालय मातहतका केही प्रमुख निकाय हुन्। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मंत्रालयसंग संबन्धित यस्ता निकायहरुलाई नेपालको संविधानले व्यवस्था गरे अनुरुपको संघीय ढाँचामा लैजानका लागि आवश्यक नीतिगत, कानूनी, संरचनागत तथा प्रक्रियागत व्यवस्थाहरुको चर्चा पनि यस योजनामा गरिएकोछ ।

    नेपाल पर्वतारोहण सङ्घ एउटा गैर–नाफामुखी र गैर–राजनीतिक गैरसरकारी संस्था हो । यसले समग्रमा नेपालको पर्वतीय (अल्पाइन) सङ्गठनको रूपमा प्रतिनिधित्व गर्दछ र पर्वतीय पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ ।

    निजी क्षेत्रको प्रतिनिधित्व गर्ने विभिन्न सङ्घ–सङ्गठनहरूले पनि नेपालको पर्यटन विकासमा अहम्भूमिका खेल्दै आएका छन्। ती उल्लेख्य संस्थाहरू हुन्ः ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल होटल सङ्घ (हान), नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो), नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), प्यासिफिक एसिया ट्राभल एसोसिएसन– नेपाल च्याप्टर (पाटा), टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान), हिमालय उद्धार सङ्घ (एचआरए), नेपाल वायुसेवा सञ्चालक सङ्घ (एओन), सोसाइटी अफ टुर एण्ड ट्राभल अर्गनाइजेसन (सोत्तो), सेफ्स् एसोसिएसन अफ नेपाल (क्याओन), नेपाल पर्वतीय प्रशिक्षक सङ्घ, रेष्टुराँ एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान), नेपाल हवाइ खेलकुद सङ्घ (नासा), नेपाल राफ्टिङ सङ्घ )नारा) ।

    भूकम्प पछिको पर्यटन पुनरुत्थान योजना तथा लैङ्गिक मूलप्रवाहीकरण कार्ययोजना नेपाल राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६– २५ को बिस्तार हो र यसलाई नेपालका लागि भूकम्प पछिको पर्यटन पुनरुत्थान रणनीति र कार्य योजनाको रुपमा लिइएको छ । सन् २०१५ को अप्रिल र मे महिनामा नेपालमा गएको विनासकारी भूकम्प र त्यसपछिका लगातार पराकम्पनहरूले पर्यटन क्षेत्रमा नकारात्मक  असर पारेको छ । पर्यटन अर्थतन्त्रको एक महत्वपूर्ण क्षेत्र भएकोले नेपालको पर्यटकीय गन्तव्यस्थलको छविलाई पुनःस्थापना गरी भूकम्पको प्रकोप भन्दा पहिलेकै स्थितिमा बजार र उत्पादनहरूकोपुनर्निर्माणमा जोड दिनुका साथै भूकम्पका कारण नयाँ खाले पर्यटक भित्राउने अवसर तथा सेवा र स्तरमा ल्याउन सकिने सुधारका अवसरहरूलाई यस योजनाले समेटेको छ । यसका साथै पर्यटन रणनीति, नीति, कार्यक्रम र गतिविधिहरूमा लैङ्गिक मूलप्रवाहीकरणलाई समाहित, कार्यान्वयन र संस्थागत गर्ने कार्यमा सुधार ल्याउने कार्ययोजना पनि तर्जुमा गरेको छ ।

    कूल बजेट : यो ५ वर्षे रणनीतिक कार्य–योजनामा जम्मा १३ वटा रणनीतिक लक्ष्यहरू, ६५ वटा रणनीतिहरू र २८० वटा क्रियाकलापहरू  प्रस्ताव गरिएका छन् । यसको कार्यान्वयनका लागि कूल ६ अर्ब ४४ करोड ५० लाख रुपैयाँ (अमेरिकी डलरमा करिब ६४.५ मिलियन) लाग्ने अनुमान गरिएको छ । यसबाहेक भूकम्प पछिको पर्यटन पुनरुत्थान योजनाका लागी कूल १३.५ करोड रुपैयाँ तथा लैङ्गिक मूलप्रवाहीकरण कार्ययोजनाको लागी ४५ लाख रुपैयाँलागत अनुमान गरिएको छ । कूल प्रस्तावित बजेट ( ६ अर्ब २९ करोड रुपैयाँ ) को करिब एकचौथाइ (२५ प्रतिशत) बजेट पहिलो तथा दोस्रो वर्षका लागि प्रस्ताव गरिएको छ भने त्यसपछिका तेस्रो, चौथो तथा पाँचौं वर्षका लागि हरेक वर्ष पच्चीस, पच्चीस प्रतिशत बजेट हुने गरी विकास क्रियालापहरूमा विभाजन गरिएको छ ।

    साभार :संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय

     

    • समाचार छोटकरी —

      नेपाल आउने विदेशी पर्यटक वृद्धि

      काठमाडौँ - सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ ।अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को मे मा ६८ हजार ८२५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सहित पाँच महिनामा चार लाख ५४ हजार ८५५ विदेशी पर्यटक नेपाल आएका छन् ।

      तेस्रो हिमालयन ट्राभल मार्ट जुन ७–९ ,२०१९ मा

      काठमाडौँ - हिमालयन ट्राभल मार्ट तेस्रो संस्करण आगामी वर्ष जुन ७ देखि ९ सम्म आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्ट बी–टु–बी प्रवद्र्धन मञ्च बनेको छ । मार्टको पहिलो दुई संस्करणहरु सन् २०१७ मा ५३ देशहरुवाट २२५ विदेशी प्रतिनिधिहरु तथा र सन् २०१८ मा ३६ देशहरुवाट १७० भन्दा बढी विदेशी प्रतिनिधिहरुको सहभागिता थियो /

      हनुमानढोका दरबार संग्रहालय सञ्चालन

      काठमाडौँ / तीन वर्षदेखि बन्द रहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको संग्रहालय सञ्चालनमा आएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले नासलचोकमा रहेको संग्रहालय भवन पूर्णरुपमा क्षति भएपछि ऐतिहासिक सामग्री संग्रह गरिएको स्थल बन्द भएको थियो / हनुमानढोका क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई केही सामग्री देखाउने उद्देश्यले संग्रहालय दरबारको ढुकुटीमा सञ्चालन गरिएको छ ।संग्रहालय रहेको भवन  पूर्णतः बन्न अझै तीन वर्षभन्दा बढी समय लाग्नेछ /

       

      कीर्तिपुर - एक गन्तव्य

      यात्रा नेपाल

      सुन्दर चीन:एकीकृत पर्यटन वर्ष २०१८

      [table “4” not found /]

      नेपाल भ्रमण वर्ष - २०२०