सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ‘ भिजिट नेपाल २०२० ‘ अभियान संचालन गरिने

सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ‘ भिजिट नेपाल २०२० ‘ अभियान संचालन गरिने

नेपाल टुर न्यूज संवाददाता —

काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेपछि मिस्रित प्रतिक्रिया देखापरेको छ /

बजेटले राजस्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख, वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख, वैदेशिक ऋणबाट २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख र आन्तरिक ऋणबाट १ खर्ब ७२ अर्ब जुटाउने लक्ष्य राखेको छ ।

बजेटमा यातायात पूर्वाधारको विकासका लागि १ खर्ब ९ अर्ब ३८ करोड ३७ लाख , स्वास्थ्य क्षेत्रमा ५६ अर्ब ४१ करोड ९७ लाख, वन तथा वातावरण क्षेत्रमा १६ अर्ब ५८ करोड ७५ लाख, पर्यटन क्षेत्रका लागि ५ अर्ब २० करोड ३४ लाख , हवाई पूर्वाधारका लागि १९ अर्ब ३५ करोड, खानेपानीका लागि २४ अर्ब ५ करोड ७५ लाख , सहरी पूर्वाधारका लागि ३३ अर्ब ३७ करोड , युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ४ करोड, महिला बालबालिका तथा जेष्ठ नागरिक क्षेत्रका लागि १ अर्ब ८८ करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०७५/७६ को बजेटमा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, गुणस्तरीय पर्यटक भित्र्याउन आवश्यक पूर्वाधारको विकास तथा कार्यक्रम अगाडि बढाउने ,पर्यटन गतिविधि बाह्रै महिना सञ्चालन हुने गरी आवश्यक व्यवस्था मिलाईने, भारत र चीन लक्षित पर्यटन प्रवद्र्धनको कामलाई तिव्रता दिईने ,हिमाल आरोहणलाई थप सुरक्षित र व्यवस्थित बनाउने तथा सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

हवाई क्षेत्रको विकासका सन्दर्भमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार तथा आन्तरिक विमानस्थलको स्तारोन्नती गर्ने , निजगढ विमानस्थलको निर्माण प्रक्रिया शुरु गर्ने, निर्माणाधीन गौतमबुद्ध विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माण चांडो सम्पन्न गर्ने लक्ष्य सार्वजनिक गरिएको छ /

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापलाई व्यवस्थित गर्न काभ्रेमा वैकल्पिक आन्तरिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाइने स्पष्ट पारिएको छ /

आगामी वर्षदेखि विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढी विमानस्थलाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नति गर्ने पनि बजेटमा उल्लेख छ /

पर्यटन विकासका लागि विभिन्न कार्यक्रम संचालन गर्ने उद्घोषण सहित बजेटमा पहिले देश अनि विदेशको भावना अनुरुप आन्तरिक पर्यटन अभियान संचालन गरिने तथा आगामी दुई वर्षमा २० लाख पर्यटकलाई आतिथ्यता प्रदान गरी ‘ भिजिट नेपाल २०२० ‘ अभियान संचालन गरिने बजेटमा उल्लेख छ /

जेठ १५ , २०७५

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *