‘पर्यटक, खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’

पर्यटक, खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’

काठमाडौँ/ पर्यटकको उद्धार अबदेखि सम्बन्धित ट्राभल एजेन्सीले नै गर्नुपर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटक, खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ स्वीकृत गर्दै विपतमा परेका पर्यटक तथा सहयोगी हराएमा वा बेपत्ता भएमा खोजी गर्ने प्राथमिक दायित्व एजेन्सीकै हुने व्यवस्था गरेको हो ।

पर्यटकको उद्धारको नाममा फर्जी उद्धार गरेर अत्यधिक पैसा असुल्ने प्रवृत्ति हाबी हुन थालेपछि सरकारले यससम्बन्धी कार्यविधि निर्माणको प्रक्रिया अघि बढाएको हो ।

पर्यटक उद्धारमा संलग्न हुने वायुसेवा प्रदायक अथवा हेलिकोप्टर कम्पनीले प्रत्येक सिजन समाप्त भएको १५ दिनभित्र उद्धार उडानको विवरण दिनुपर्ने भएको छ ।

त्यस्तै स्वास्थ्य संस्थाले उपचार गरेको पर्यटकको डिस्चार्ज भएको १५ दिनभित्र उपचार लागतको विवरण दिनुपर्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ । खोज, उद्धार एवं उपचारमा संलग्न व्यक्ति तथा संस्थाले त्यसको सम्पूर्ण लागतको बिजक एजेन्सीसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

कार्यविधिले पर्यटकको नियमनका लागि एउटा स्थायी पर्यटक खोज तथा उद्धार निर्देशक समिति गठन गर्ने व्यवस्था पनि गरेको छ ।

तस्विर कोरा

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *