• पाँच वर्षभित्र प्रदेश १ मा पाँच लाख विदेशी पर्यटक : मुख्यमन्त्री

    पाँच वर्षभित्र प्रदेश १ मा पाँच लाख विदेशी पर्यटक : मुख्यमन्त्री

    विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताउनुभएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित वायु सेवा कम्पनीहरुको सेवा प्रवाह एवं विमानस्थलका लागि भावी योजना विषयक अन्तक्र्रिया कार्यकममा उहाँले प्रदेशमा रहेका धार्मिकस्थल र हिमाली क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी छिमेकी राष्ट्रका पर्यटकलाई आकर्षित गर्ने बताउनुभयो ।

    उहाँले विराटनगर विमानस्थललाई प्रादेशिकरुपमा विस्तार गरी छिमेकी देशमा हवाई उडान गरी छिमेकी देशका पर्यटकलाई यहाँ ल्याउने लक्ष्यका साथ सरकारले कार्य गरिरहेको उल्लेख गर्नुभयो ।

    उहाँले प्रदेश मन्त्रिपरिषद् बैठकबाट विराटनगर विमानस्थलको रनवे तीन हजार मिटर पु¥याउने निर्णय गर्ने जानकारी दिँदै आगामी छ महिनाभित्र विमानस्थलको विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण र अन्य समस्या समाधान गर्ने बताउनुभयो ।

    अन्तक्रियामा विराटनगर विमानस्थलको रनवे तीन हजार मिटर पु¥याउने मास्टर प्लान निर्माण गर्ने, कञ्चनबारीदेखि विमानस्थलसम्म स्मार्ट रोड बनाउने, विराटनगरबाट माउण्टेन उडान गर्ने, लुक्लाको लागि उडान गर्ने, यस क्षेत्रवाट भारतको पटना, दिल्ली, मुम्बइ हवाई उडान सञ्चालन गर्ने, नेपाल एयरलाइन्सको उडान कम भएकाले उडान थप गर्ने, विमानस्थलमा सिआइपी रुमको निर्माण गर्ने आदि निर्णय गरिएको छ । - रासस

    जेठ २८ , २०७५

    तस्विर साभार : इलाम चिया बगान /हिल इलाम टी गार्डेन ( फेबु )

    • समाचार छोटकरी —

      नेपाल आउने विदेशी पर्यटक वृद्धि

      काठमाडौँ - सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ ।अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को मे मा ६८ हजार ८२५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सहित पाँच महिनामा चार लाख ५४ हजार ८५५ विदेशी पर्यटक नेपाल आएका छन् ।

      तेस्रो हिमालयन ट्राभल मार्ट जुन ७–९ ,२०१९ मा

      काठमाडौँ - हिमालयन ट्राभल मार्ट तेस्रो संस्करण आगामी वर्ष जुन ७ देखि ९ सम्म आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्ट बी–टु–बी प्रवद्र्धन मञ्च बनेको छ । मार्टको पहिलो दुई संस्करणहरु सन् २०१७ मा ५३ देशहरुवाट २२५ विदेशी प्रतिनिधिहरु तथा र सन् २०१८ मा ३६ देशहरुवाट १७० भन्दा बढी विदेशी प्रतिनिधिहरुको सहभागिता थियो /

      हनुमानढोका दरबार संग्रहालय सञ्चालन

      काठमाडौँ / तीन वर्षदेखि बन्द रहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको संग्रहालय सञ्चालनमा आएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले नासलचोकमा रहेको संग्रहालय भवन पूर्णरुपमा क्षति भएपछि ऐतिहासिक सामग्री संग्रह गरिएको स्थल बन्द भएको थियो / हनुमानढोका क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई केही सामग्री देखाउने उद्देश्यले संग्रहालय दरबारको ढुकुटीमा सञ्चालन गरिएको छ ।संग्रहालय रहेको भवन  पूर्णतः बन्न अझै तीन वर्षभन्दा बढी समय लाग्नेछ /

       

      कीर्तिपुर - एक गन्तव्य

      यात्रा नेपाल

      सुन्दर चीन:एकीकृत पर्यटन वर्ष २०१८

      [table “4” not found /]

      नेपाल भ्रमण वर्ष - २०२०