पहिलो वाइडवडी एयरबस ए३३०–२०० नेपालमा

नेपाल टुर न्यूज —

काठमाडौँ – नेपाल वायुसेवा निगमको पहिलो वाइड् वडी ए३३०–२०० विमान “ अन्नपूर्ण “ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रमसंगै कतिपय पर्यटन व्यवसायीहरुले राष्ट्रिय ध्वजावाह्कलाई अझ सुद्रीढ पार्नु पर्नेमा जोड दिएका छन् /

विमान निर्माण गरिएको फ्रान्सको तुलुजबाट नौ घण्टाको उडानपछि एयरबस काठमाडौंमा अवतरण गरेको हो । एयरबस दुईवटा खरीद गरिएकोमा दोश्रो विमान डेढ महिनापछि ल्याइनेछ ।

नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी संचयकोष र नागरिक लगानी कोषबाट लिइएको १२÷१२ अर्व रुपैयाको ऋणबाट दुईवटा विमान खरीद गरिएको हो । २०७४ बैशाख ७ गते नेपाल सरकारबाट ग्यारेन्टी स्वीकृत भए पछि खरीदको लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो । २०७४ जेठ २८ गते नागरिक लगानीकोष र कर्मचारी संचयकोषसँग ऋण सम्झौता भएको थियो । एक विमानको मूल्य १० करोड ४८ लाख अमेरिकी डलर निर्धारण भएको छ ।

असार १४ अवतरण गरेको वाइडवडी विमानमा १८ सिट सांग्रिला क्लास र २५६ साधारण सीट समेत २७४ सीट छन् /

नया विमान नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएपछि व्यावसायिक उडानमा लगाइने छ । पहिलो चरणमा दुवई÷दोहा उडान गरिने तथा त्यसपछि जापान, दक्षिण कोरिया, साउदी अरेवियाको रियादमा उडान गरिने नेवानिले जनाएको छ /

असार १४ , २०७५
जुन 29, 2018

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *