नेपाल-चीन बीच रेलमार्ग लगायत १४ सम्झौता सम्पन्न

नेपाल-चीन बीच रेलमार्ग लगायत १४ सम्झौता सम्पन्न

नेपाल टुर न्यूज —

काठमाडौँ – नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान तथा विभिन्न चार क्षेत्रमा समझदारी पत्रमा हस्ताक्षर भएको छ /

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच ग्रेट हल अफ पिपुलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा केरुंग- काठमाडौँ रेलमार्ग निर्माण लगायतका विषयमा सम्झौता भएको हो ।

यस्तै तिब्बतको राजमार्ग उपयोग, ऊर्जा सहयोग, आर्थिक तथा प्राविधिक सहयोग, मानव संसाधनको विकास जस्ता विषयमा दुई मुलुकबीच सझमदारी कायम भएको छ ।
चीनको ल्हासा हुँदै केरुङ – रसुवागढी विद्युतीय रेलमार्ग निर्माण ,दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य ,कार्गो यातायात सेवाका लागि नेपाल–तिब्बत सीमामा आठवटा नाका प्रयोग , मानव संसाधन विकासमा सहयोग , चीनको सहयोगमा काठमाडौँको दरबार स्क्वायरको पुनःनिर्माण, चीनसँग जोडिने दुई नाका रसुवा र तातोपानीमा पुल निर्माण गर्ने लगायतका विषयमा पनि समझदारी भएको छ ।

यस्तै दुवै राष्ट्र बीच आपसी सम्बन्ध र सहयोग सुद्रिढ पार्ने प्रतिवद्धता सहित १४ बुँदाको संयुक्त वक्तब्य जारी गरिएको छ /

प्रधानमन्त्री ओली चीन सरकारको निमन्त्रणमा छ दिवसीय औपचारिक राजकीय भ्रमणका क्रममा चीनमा रहँदा उहाँले जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिन पिङ, प्रधानमन्त्री ली खछयाङ, नेसनल पिपुल्स काँग्रेसका अध्यक्ष ली झाङसु, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङकका अध्यक्ष जीन लिक्उन, व्यवसायी र लगानीकर्ताहरूसँग भेटवार्ता गर्नु भयो /

स्वदेश फर्कने क्रममा ओली तथा स्वशासित क्षेत्र तिब्बत (टीएआर)का अध्यक्ष छिटाला बीच ल्हासामा भेटवार्ता हुनेछ / प्रम ओलीका साथ ११९ सदस्यीय जम्बो टोली चीन भ्रमणमा छ /

असार ७ , २०७५

तस्विर : चिनियाँ प्रधानमन्त्री ली खछ्याङ तथा प्रधानमन्त्री केपी शर्मा ओली बेइजिंगमा /

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *