“कम्युनिटी होमस्टे नेटवर्क” लाई अनुदान सहयोग

नेपाल टुर न्यूज —

काठमाडौँ – नेपालमा संचालित ‘”कम्युनिटी होमस्टे नेटवर्क” लाई विश्वको एक इलोक्ट्रोनिक वाणिज्य (ई–कमर्स) कम्पनी – बुकिङ्ग डट्कमले बुकिङ्ग बुस्टर कार्यक्रम मार्फत विश्वसमुदायमा दिगो पर्यटन विकास र विस्तारमा कार्यरत स्टार्ट–अप कम्पनीहरुमध्ये उत्कृष्ट १० को सूचीमा राख्दै करीब सवा ३ करोड (यूरो २२५,०००) राशीको अनुदान प्रदान गरेको छ ।

“कम्युनिटी होमस्टे नेटवर्क” नेपालमा रहेका कम्युनिटी होमस्टहेरुको संजाल हो, जसले विश्वव्यापी पाहुनाहरु (अर्थात पर्यटकहरुलाई) विशेष नेपाली समुदायको संस्कृति, रहनसहन, भेषभूषा, खानपीन लगायत विविध स्थानीय पक्षहरुको वास्तविक अनुभव प्रदान गर्ने सेवा उपलब्ध गराउँदछ ।

कम्युनिटी होमस्टेले देशमा विभिन्न १३ वटा समुदायहरुमा महिला सशक्तिकरणमा समेत सहयोग पु¥याइरहेको छ ।

मे १५ देखि ३१, २०१८ सम्म नेदरल्याण्डको एम्स्ट्र्डममा भएको उक्त कार्यक्रममा नेपालबाट ‘कम्युनिटी होमस्टे नेटवर्क’ का संस्थापक शिव प्रसाद ढकालको सहभागिता थियो /

कार्यक्रममा बुकिङ्ग डट्कमले गन्तव्यहरुमा बढी पर्यटकीय चाप न्यूनीकरण गर्न तथा वातावरणीय एवम सामाजिक पक्षहरुलाई सकारात्मक प्रभाव पर्नेगरी स्थानीय समुदायहरुको स्तरोन्नति र समृद्धिका लागि क्रियाशील रहेका विश्वसमुदायबाट आमन्त्रित १० कम्पनीरुलाई करीब २० लाख यूरो बराबरको राशी अनुदान उपलब्ध गराएको थियो ।

नेपालबाट प्रथम पटक चयन भएको कम्युनिटी होमस्टेले यूरो २२५,००० धन राशी प्राप्त गर्नुका साथै बुकिङ्ग डट्कमका विविध रणनीतिक विशेषज्ञहरुबाट एक बर्ष अवधिभर निरन्तर सल्लाह–सुझाव तथा आवश्यक तालिमहरु प्राप्त गर्ने अवसर प्राप्त गरेको छ ।

जेठ २८ , २०७५

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *