बंगला विमान दुर्घटनामा ५१ को मृत्यु , जाँचबुझ आयोगद्वारा काम शुरु

नेपालटुरन्यूज संवाददाता —

काठमाडौँ – ढाकाबाट सोमवार काठमाडौँ आएको युएस बंगलादेश एयरलाइन्सको विमान अवतरणको क्रममा अनियन्त्रित भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएपछि फेरि एकपटक नेपाली विमानस्थल र हवाई सुरछ्या चर्चामा आएको छ /

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार अपरान्ह १४.१८ बजे दुर्घटनाग्रस्त युएस बंगलादेश एयरलाइन्सको विमानमा चालक दलका चार सदस्य अतिरिक्त ६७ यात्रु थिए ।

आगो लागेर दुर्घटनाग्रस्त हुँदा ५१ को मृत्यु भएको थियो भने घाइते २२ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ /

दुर्घटनाग्रस्त विमानमा ३३ नेपाली रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानमा ढाकामा अध्ययनरत नेपाली विद्यार्थी समेत थिए /

विमानस्थलमा उद्धार तथा अग्नि नियन्त्रकद्वारा तत्काल आगो नियन्त्रणमा लिइएको कारण केही यात्रु बच्न सफल भएका थिए /

नेपाल सरकारले दुर्घटनाग्रस्त विमान सम्बन्धमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ /

विमानस्थल अधिकारीका अनुसार विमानलाई अवतरणका लागि कोटेश्वरतर्फबाट प्रवेश गर्ने अनुमति दिइएकोमा चालकदलले अर्को मार्ग प्रयोग गरेका थिए /

यसैबीच दुर्घटनाग्रस्त विमानका सबै ५१ मृतकहरुको शव पोस्टमार्टमका लागि महाराजगंजस्थित शिक्षण अस्पताल लागिएको छ /

यस्तै दुर्घटनाग्रस्त विमान’bout जानकारी लिन बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहाजहान कमालसहितको एक उच्चस्तरीय टोली नेपाल आउन लागेको छ /

विगतमा भट्टेडाँडामा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सकाको विमान दुर्घटना हुँदा १५७ तथा नुवाकोटको घ्याङफेदीका भएको थाई एयरवेजको विमान दुर्घटनामा एक सय १३ जनाको मृत्यु भएको थियो /

नाट्टाद्वारा समवेदना व्यक्त

यसैबीच नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हृदयविदारक दुर्घटनामा परेर निधन भएका पर्यटन व्यवसायी लगायत सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ /

साथै,  नाट्टाले उपचाररत पर्यटन व्यवसायी लगायत सबे घाइते यात्रुहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै निकट भविष्यमा यस्तो दुर्घटना दोहोरिन नदिन आवश्यक व्यवस्था गर्न र क्षति न्यूनिकरणका आवश्यक उपायहरु अपनाउन समेत ध्यानाकर्षण गराएको छ /

२०७४

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *