• ‘ तमानखोला - ग्रामीण पर्यटनको नयाँ गन्तव्य बन्न सक्छ ‘

    ‘ तमानखोला – ग्रामीण पर्यटनको नयाँ गन्तव्य बन्न सक्छ ‘

    नेपाल टुर न्यूज —

    काठमाडौँ - ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले बाग्लुङ्ग जिल्लाको तमानखोला गाउँपालिकालाई नयाँ पर्यटकीय गन्तव्य बनाउन प्रारम्भिक अध्ययन पुरा गरेको छ ।

    टानले बुर्तिबाङ हुँदै, बाराहताल, गुर्जाघाट, नर्जा, नौ डल्ले, शोलेहुँदै तामन गाउँपालिकाको दुर्लेक डाँडासम्मको अध्ययन गरेको छ ।

    नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षसँग जोडिइको तामनखोला गाउँपालिका ४ नं प्रदेश बागलुङ जिल्लाको चारवटा नगरपालिका र छ वटा गाउँपालिका मध्य एक गाउँपालिका हो ।

    काठमाण्डौँ देखि भएरबुङ्गासम्म करिब ३ सय ७० किलोमिटर यात्रापछि पैदल यात्रागर्दै २६३३ मि.उचाईमा रहेको बराह तालको अवलोकन गर्न सकिन्छ । पदयात्राको रुट अधिकतम उचाई ३४५० मि. सम्म रहनेछ ।

    बराह तालबाट धौलागिरी हिमाल, माछापुच्छ, अन्नपुर्ण तथा निलगिरी हिमाल, नौडल्ले डाँडाबाट सिस्ने हिमाल, चुरेहिमाल, अन्नपूर्ण,धौलागिरी तथा  शोले र दुर्लेक डाँडाबाट मानापाती हिमाल,घोडेकन्ने हिमालको अवलोकन गर्न सकिने टानले जनाएको छ /

    साथै पदयात्राको क्रममा पर्यटकहरुले तीन किसिमका लालीगुराँस, काफल, डेम्बर, अ‍ैंसलो, चुट्रो, घँयालो , जोन्द्रो, मह्याल, लीसो, गोफीला, किमु, टिमुर लगायतका अरु फलफूल तथा जडीबुटीहरु देख्न सक्नेछन् ।

    साथै घोरल, मृग, चितुवा, बंदेल, बादर, डाँफे, मुनाल, कालिज लगाएतका  पशुपन्छीहरु पनि अवलोकन गर्न सकिन्छ ।

    विविध कला र संस्कृति रहेको सो गाउँपालिमा विशेषगरी छन्त्याल, मगर, दलित र आंसिक रुपमा ब्राह्मण, क्षेत्री र दर्जीको बस्तीबस्ति रहेको तथा यस भेगमा मुख्यतःयानीमाया भाका, सोरथी नाँच, लोक दोहोरी र बाजा तालमा मयाली गीतले पर्यटकहरुलाई आकर्षित गर्नेछ ।

    टानको गन्तव्यखोज तथा प्रर्वद्घन विभागका संयोजक सुक बहादुर लामाको संयोजकत्वमा नयाँ पदयात्राको अध्ययन गरिएको हो /

    बागलुङ तमानखोला गाउँपालिकाका अध्यक्ष जोगलाल बुढामगरले  स्थानीय भेषभूषा, संस्कृति, कला र मनोरम दृश्यले बाह्य तथा आन्तरिक पर्यटकहरुलाई आर्कषण गर्न सकिने कुरा बताए ।

    असार १४ , २०७५

    तस्विर : राजु थापा मगर

    • समाचार छोटकरी —

      नेपाल आउने विदेशी पर्यटक वृद्धि

      काठमाडौँ - सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ ।अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को मे मा ६८ हजार ८२५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सहित पाँच महिनामा चार लाख ५४ हजार ८५५ विदेशी पर्यटक नेपाल आएका छन् ।

      तेस्रो हिमालयन ट्राभल मार्ट जुन ७–९ ,२०१९ मा

      काठमाडौँ - हिमालयन ट्राभल मार्ट तेस्रो संस्करण आगामी वर्ष जुन ७ देखि ९ सम्म आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्ट बी–टु–बी प्रवद्र्धन मञ्च बनेको छ । मार्टको पहिलो दुई संस्करणहरु सन् २०१७ मा ५३ देशहरुवाट २२५ विदेशी प्रतिनिधिहरु तथा र सन् २०१८ मा ३६ देशहरुवाट १७० भन्दा बढी विदेशी प्रतिनिधिहरुको सहभागिता थियो /

      हनुमानढोका दरबार संग्रहालय सञ्चालन

      काठमाडौँ / तीन वर्षदेखि बन्द रहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको संग्रहालय सञ्चालनमा आएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले नासलचोकमा रहेको संग्रहालय भवन पूर्णरुपमा क्षति भएपछि ऐतिहासिक सामग्री संग्रह गरिएको स्थल बन्द भएको थियो / हनुमानढोका क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई केही सामग्री देखाउने उद्देश्यले संग्रहालय दरबारको ढुकुटीमा सञ्चालन गरिएको छ ।संग्रहालय रहेको भवन  पूर्णतः बन्न अझै तीन वर्षभन्दा बढी समय लाग्नेछ /

       

      कीर्तिपुर - एक गन्तव्य

      यात्रा नेपाल

      सुन्दर चीन:एकीकृत पर्यटन वर्ष २०१८

      [table “4” not found /]

      नेपाल भ्रमण वर्ष - २०२०