• फेवाताल अतिक्रमण विरुद्ध सर्वोच्च अदालतको आदेश

    फेवाताल अतिक्रमण विरुद्ध सर्वोच्च अदालतको आदेश

    नेपाल टुर न्यूज-

    काठमाडौ – फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सर्वोच्च अदालतले सरकारका नाममा दिएको आदेशप्रति पर्यटन व्यवसायीहरुले प्रसन्नता ब्यक्त गरेका छन् /

    न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले २०६९ सालमा फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्न आदेश जारी गरेको छ। कास्की जिल्ला परिषद् तथा पोखरा उपत्यका नगर समितिको तालको ’round ६५ मिटर संरक्षण क्षेत्र कायम गर्ने पूर्व निर्णयलाई कार्यान्वयन गर्न समेत आदेशमा उल्लेख छ ।

    सर्वोच्च अदालतले फेवा क्षेत्रलाई जलाधार र वातावरण संरक्षण क्षेत्र घोषणा गर्न र फेवाताल’bout एक शक्तिशाली उच्चस्तरीय समिति बनाएर तालका विषयमा विस्तृत अध्ययन गर्न सरकारलाई आदेश दिएको छ।

    फेवातालको एक हजार ६९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको अनुमान छ/ फेवातालको क्षेत्रफल २०१९ सालमा करिब २२ हजार रोपनी रहेकोमा हाल ९ हजार ९ सय ५५ रोपनीमा सीमित भएको छ।

    आदेश कार्यान्वयन गरिएमा तालले ओगटेको १२ हजार ८ सय ७४ रोपनीभित्र बनेका कैयन होटेल लगाएतका संरचना भत्काइने छन् /

    यस्तै लेकसाइडको बसुन्धरा पार्कबाट विश्व शान्ति स्तुपासम्म जाने केवुलकार निर्माणमा रोक लगाइएको छ /

    वैशाख १५ , २०७५

    तस्विर : नेपाल टुर न्यूज

    • समाचार छोटकरी —

      नेपाल आउने विदेशी पर्यटक वृद्धि

      काठमाडौँ - सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ ।अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को मे मा ६८ हजार ८२५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सहित पाँच महिनामा चार लाख ५४ हजार ८५५ विदेशी पर्यटक नेपाल आएका छन् ।

      तेस्रो हिमालयन ट्राभल मार्ट जुन ७–९ ,२०१९ मा

      काठमाडौँ - हिमालयन ट्राभल मार्ट तेस्रो संस्करण आगामी वर्ष जुन ७ देखि ९ सम्म आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्ट बी–टु–बी प्रवद्र्धन मञ्च बनेको छ । मार्टको पहिलो दुई संस्करणहरु सन् २०१७ मा ५३ देशहरुवाट २२५ विदेशी प्रतिनिधिहरु तथा र सन् २०१८ मा ३६ देशहरुवाट १७० भन्दा बढी विदेशी प्रतिनिधिहरुको सहभागिता थियो /

      हनुमानढोका दरबार संग्रहालय सञ्चालन

      काठमाडौँ / तीन वर्षदेखि बन्द रहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको संग्रहालय सञ्चालनमा आएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले नासलचोकमा रहेको संग्रहालय भवन पूर्णरुपमा क्षति भएपछि ऐतिहासिक सामग्री संग्रह गरिएको स्थल बन्द भएको थियो / हनुमानढोका क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई केही सामग्री देखाउने उद्देश्यले संग्रहालय दरबारको ढुकुटीमा सञ्चालन गरिएको छ ।संग्रहालय रहेको भवन  पूर्णतः बन्न अझै तीन वर्षभन्दा बढी समय लाग्नेछ /

       

      कीर्तिपुर - एक गन्तव्य

      यात्रा नेपाल

      सुन्दर चीन:एकीकृत पर्यटन वर्ष २०१८

      [table “4” not found /]

      नेपाल भ्रमण वर्ष - २०२०