• धनकुटाको भेडेटार आन्तरिक पर्यटकहरुको यात्रा सूचीमा

    धनकुटाको भेडेटार आन्तरिक पर्यटकहरुको यात्रा सूचीमा

    नेपालटुरन्यूज संवाददाता —

    धरान – प्रदेश १ को प्रमुख पर्यटकीय आकर्षण धनकुटाको भेडेटार आन्तरिक पर्यटकहरुको यात्रा सूचीमा पर्ने गरेको छ /

    धरानबाट १६ कि.मी. उत्तरमा समुद्रसतहवाट १४२० मिटर उचाईमा पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वार पनि हो । यहाँबाट धनकुटा सदरमुकाम ३६ कि.मी. दूरीमा रहेको छ ।

    उच्च पहाडमा रहेको वाह्रैमास चिसो हावा बहने हुनाले यहाँ गर्मी मौसममा शीतल हावा खान र जाडो मौसममा पिकनिकको लागि आउने मानिसहरुको भीड लाग्दछ । यहाँको चिसो हावापानी र मनोरम प्राकृतिक दृश्यावलोकनकालागि तरार्ई क्षेत्र र भारतका गर्मी ठाँउहरुबाट पनि पर्यटक आउने गर्दछन् ।

    भेडेटारको शिरमा शैलुङ्गडाँडा नामक एउटा अग्लो चुचुरो छ । जिल्ला समन्वय समिति (धनकुटा) अनुसार , २०३८ सालमा वेलायतका युवराज चार्ल्स शैलुङ्गडाँडाको टुप्पोमा चढेको कारण यस डाँडालाई चार्ल्सप्वाइन्ट नामकरण गरिएको हो ।

    भेडेटारबाट धरानबजार, तरार्ईका रमाइला फाटहरु, सप्तकोशी नदी, र कुम्भकर्ण , मकालु, कञ्चनजंघा लगायत सुन्दर हिमश्रृंखलाहरु र पहाडी श्रृखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । भेडेटारबाट नजीकै उत्तरपट्टी राजमार्गको “नमस्ते मोड” छेउमा रमणीय नमस्ते झर्ना बगेको र भेडेटारबाट केही पश्चिममा ऐतिहासिक साँगुरीगढी (साँगुरी भञ्ज्याङ) रहेको छ ।

    यातायात, संचार र होटल, रेस्टुरेन्ट आदिको राम्रो सुविधा भएको भेडेटार पर्यटकीय महत्वको स्थानको रुपमा अझ विकसित हुँदै जाने सम्भावना रहेको जिससले जनाएको छ /

    २०७४

    तस्विर : ज्ञान /

     

     

    • समाचार छोटकरी —

      नेपाल आउने विदेशी पर्यटक वृद्धि

      काठमाडौँ - सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ ।अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को मे मा ६८ हजार ८२५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सहित पाँच महिनामा चार लाख ५४ हजार ८५५ विदेशी पर्यटक नेपाल आएका छन् ।

      तेस्रो हिमालयन ट्राभल मार्ट जुन ७–९ ,२०१९ मा

      काठमाडौँ - हिमालयन ट्राभल मार्ट तेस्रो संस्करण आगामी वर्ष जुन ७ देखि ९ सम्म आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्ट बी–टु–बी प्रवद्र्धन मञ्च बनेको छ । मार्टको पहिलो दुई संस्करणहरु सन् २०१७ मा ५३ देशहरुवाट २२५ विदेशी प्रतिनिधिहरु तथा र सन् २०१८ मा ३६ देशहरुवाट १७० भन्दा बढी विदेशी प्रतिनिधिहरुको सहभागिता थियो /

      हनुमानढोका दरबार संग्रहालय सञ्चालन

      काठमाडौँ / तीन वर्षदेखि बन्द रहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको संग्रहालय सञ्चालनमा आएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले नासलचोकमा रहेको संग्रहालय भवन पूर्णरुपमा क्षति भएपछि ऐतिहासिक सामग्री संग्रह गरिएको स्थल बन्द भएको थियो / हनुमानढोका क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई केही सामग्री देखाउने उद्देश्यले संग्रहालय दरबारको ढुकुटीमा सञ्चालन गरिएको छ ।संग्रहालय रहेको भवन  पूर्णतः बन्न अझै तीन वर्षभन्दा बढी समय लाग्नेछ /

       

      कीर्तिपुर - एक गन्तव्य

      यात्रा नेपाल

      सुन्दर चीन:एकीकृत पर्यटन वर्ष २०१८

      [table “4” not found /]

      नेपाल भ्रमण वर्ष - २०२०