• देशमा सन् २०३० सम्म ५० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना

    देशमा सन् २०३० सम्म ५० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना

    नेपालटुरन्यूज संवाददाता —

    काठमाडौँ: देशमा सरकार तथा निजी क्षेत्रले सन् २०३० सम्म ५० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना अघि सारे पनि सो पुरा नहुने कतिपय व्यवसायीहरुको धारणा छ /

    सरकारले सन् २०२० मा नेपालमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ /

    नेपाल सरकारको मध्यावधिक रणनीतिक दस्तावेज - राष्ट्रिय पर्यटन रणनीतिक योजना, २०१६–२०२५ ले पर्यटक आगमन सन् २०२० मा १३ लाख ३९ हजार र सन् २०२५ मा २५ लाख २२ हजार पुग्ने आशा गरेको छ /

    रणनीतिक योजनाको कार्यान्वयनबाट पर्यटकको आगमनमा वृद्धि , बसाइ अवधिमा वृद्धि , कूल राजस्व र प्रति पर्यटकबाट आउने आम्दानीमा वृद्धि र रोजगारीमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

    यस्तै पर्यटकको बसाइ अवधि सन् २०२० मा १४ दिन र सन् २०२४ मा १५ दिन हुने , विदेशी विनिमय आर्जनमा वृद्धि हुने , कुल गार्हस्थ्य उत्पादनमा पर्यटनबाट प्राप्त हुने आम्दानी सन् २०२० मा ४.९४ र सन् २०२५ मा ९.२९ ले वृद्धि हुने प्रक्षेपण योजनामा छ ।

    सन २०१५ को भूकम्प पश्चात पर्यटकको आगमनमा असर परे पनि समग्रमा पर्यटक आगमन बढ्दै जाने आशा सरकारी निकायहरुले गरेका छन् /

    यस्तै,  प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउने ‘ भिजन पाँच मिलियन योजना’ सार्वजनिक गरिसकेको छ ।

    प्रमुख राजनीतिक दलमध्ये वाम गठबन्धनले आगामी १० वर्षमा ५० लाख र नेपाली कांग्रेसले १० वर्षमा ३२ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य हालै चुनावी घोषणापत्रमा गरेका थिए /

    नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ,पर्यटकीय पूर्वाधार विकास र पर्यटन प्रवद्र्धन कार्यक्रम गर्न आवश्यक गतिविधि संचालन नगरिदा महत्वाकांक्षी योजना पूरा नहुने व्यवसायीहरु बताउछन् /

    २०७४

    तस्विर :   काठमाडौँ  वसन्तपुरमा पर्यटकहरु /नेपाल ट्राभल बिज न्यूज

    • समाचार छोटकरी —

      नेपाल आउने विदेशी पर्यटक वृद्धि

      काठमाडौँ - सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ ।अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को मे मा ६८ हजार ८२५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सहित पाँच महिनामा चार लाख ५४ हजार ८५५ विदेशी पर्यटक नेपाल आएका छन् ।

      तेस्रो हिमालयन ट्राभल मार्ट जुन ७–९ ,२०१९ मा

      काठमाडौँ - हिमालयन ट्राभल मार्ट तेस्रो संस्करण आगामी वर्ष जुन ७ देखि ९ सम्म आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्ट बी–टु–बी प्रवद्र्धन मञ्च बनेको छ । मार्टको पहिलो दुई संस्करणहरु सन् २०१७ मा ५३ देशहरुवाट २२५ विदेशी प्रतिनिधिहरु तथा र सन् २०१८ मा ३६ देशहरुवाट १७० भन्दा बढी विदेशी प्रतिनिधिहरुको सहभागिता थियो /

      हनुमानढोका दरबार संग्रहालय सञ्चालन

      काठमाडौँ / तीन वर्षदेखि बन्द रहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको संग्रहालय सञ्चालनमा आएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले नासलचोकमा रहेको संग्रहालय भवन पूर्णरुपमा क्षति भएपछि ऐतिहासिक सामग्री संग्रह गरिएको स्थल बन्द भएको थियो / हनुमानढोका क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई केही सामग्री देखाउने उद्देश्यले संग्रहालय दरबारको ढुकुटीमा सञ्चालन गरिएको छ ।संग्रहालय रहेको भवन  पूर्णतः बन्न अझै तीन वर्षभन्दा बढी समय लाग्नेछ /

       

      कीर्तिपुर - एक गन्तव्य

      यात्रा नेपाल

      सुन्दर चीन:एकीकृत पर्यटन वर्ष २०१८

      [table “4” not found /]

      नेपाल भ्रमण वर्ष - २०२०